बजेटमा सरकारको ‘बक्स अफिस’ चासो
screennepal
प्रकाशित: २०७५, १५ जेष्ठ मंगलवार
no img

अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटमा नेपाली फिल्म क्षेत्रलाई छुइएको छ । मंगलबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेको सम्बोधनमा आउ“दो आर्थिक बर्षको बजेट कार्यक्रम सुनुवाई गर्दै ‘बक्स अफिस’बारे बोलेका छन् ।
आव २०७५/२०७६ मा लागु हुने गरि फिल्म क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्ने सरकारको बजेट सार्वजनिककरण कार्यक्रममा उल्लेख छ ।
फिल्म क्षेत्रलाई व्यावस्थित बनाउन फिल्म निर्माण, प्रदर्शन र वितरणका सबै तहमा कर लागू गर्ने र बक्स अफिस लागू गर्ने सरकारले जनाएको छ ।
यस्तै, विदेशी फिल्म प्रदर्शनबापत विकास शुल्कलाई करको दायरामा ल्याउने सरकारले योजना छ । सरकारले विशेष र देशको कला संस्कृति झल्किएका फिल्माई कर छुट गर्ने जनाएको छ ।
यस बर्ष सरकारले फिल्म क्षेत्रलाई चासोका साथ लिएको छ । सरकारको यस किसिमको कदमले समग्र फिल्म क्षेत्रमा सकरात्मक परिवर्तन आउने सक्नेछ ।

 

Comments