कला निखार्दै ‘मिस टिन एसईई’ प्रतियोगी
screennepal
प्रकाशित: २०७५, १४ जेष्ठ सोमबार
no img

स्टार वन इन्टरटेनमेन्टले एसइईका विद्यार्थीलाई लक्षित गर्दै राजधानीमा ‘मिस टिन एसईई–२०१८’ गर्ने भएको छ । इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाका अनुसार एसइई परिक्षा दिएर उच्च शिक्षा अध्ययनको प्रतीक्षामा बसेका किशोरीको आत्मविश्वास र व्यक्तित्व विकासका लागि २ असारमा चौथो संस्करणको प्रतियोगिता गर्न लागिएको हो ।
यस संस्करणमा सारिका खडका, कामना घिमिरे, ललिता ओली, अलिशा लामिछाने, प्रिश्मा लुईटेल, रश्मिता थापा, श्रेया कार्की, सन्ध्या सिग्देल, कुसुम गिरी, जश्मिन थापा मगर, निमालमु शेर्पा, जेशिका भण्डारी, रक्षा न्यौपाने, स्नेहा न्यौपाने, येजु तामाङ, राशनी थिङ, सोफिया तण्डुकार, रोशिका खनाल, इशा कार्की, जश्मिन शाह, उच्चता पुन मगर, यहना राई र सोनिया श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको अन्तिम स्पर्धामा सामेल किशोरीहरुलाई व्यक्तित्व विकास, नेतृत्व क्षमता, कलाजस्ता विषयमा प्रशिक्षण दिँदै आएको जनाइएको छ ।

 

Comments