कला र हिमानीले शुभारम्भ गरे
screennepal
प्रकाशित: २०७५, १२ जेष्ठ शनिबार
no img

कोरियोग्राफी तथा आरजे कला सुब्बा र अर्की कोरियोग्राफर हिमानी सुब्बाले संयुक्त रुपमा ‘कोजी फेशन बुटिक एन्ड ब्युटी स्टुडियो’ दोश्रो शाखाको शुभारम्भ गरेका छन् । बुटिकको शाखाको रुपमा चाबहिलमा सञ्चालनमा ल्याइएको हो ।
एक दशकदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी कस्मेटोलोजिक डक्टर रेखा थापा र डिजाईनर जमुना थापाले यो बुटिक तथा ब्युटी स्टुडियोलाई सञ्चालनमा ल्याएका हुन् ।
कोजी ब्युटी सलोन एन्ड एकेडेमी सञ्चालन गरेर महिलालाई कस्मेटोलोजिक एवं सौन्दर्य सेवा तथा ट्रेनिङ गराउँदै आएकी रेखाले फेशन डिजाईनर जमुनासँगको सहकार्यमा उक्त स्टुडियो सञ्चालनमा ल्याएकी हुन् । ६ बर्षअघि बौद्धमा सञ्चालित कोजी एकेडेमी को दोश्रो शाखा हो ।

स्किन कस्मेटोलोजिकको रुपबाट चर्चित रेखाले नयाँ शाखाले सौन्दर्य पारखीको मन जित्न सक्नेमा आशाबादी रहेको बताईन । ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी बुटिक तथा स्टुडियो एकै ठाउँमा संचालन गरिएको डिजाईनर जमुना थापाले बताईन् । अहिले ओपनिङ डिस्काउन्ट रहेको पनि उनले बताईन् ।

Comments