रन–वेमा दलजितको ‘म्याजिक अफ जफ्रान थिम’ (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, १२ जेष्ठ शनिबार
no img

शब्द : एमपी सुब्बा

तस्बिर : नविनबाबु गुरुङ

राजधानीको ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ शुक्रबार फेसन हब बन्यो । जहाँ साँझ ढल्दैगर्दा फेसन पारखीहरु तिल्मिदैथिए । छिपिँदो रातलाई एक अन्तर्राष्ट्रियस्तरको ‘फेसन शो’ले स्वागत गर्दैथियो । छिनभरमै म्युजिक, फेसन र सेलिबे्रटीको भीडले माहोल रंगीन बन्यो ।


‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’ नाम दिइएको उक्त अन्तर्राष्ट्रियस्तरको फेसन शोमा डेढ दर्जन व्यवसायिक मोडल तथा कलाकार रन–वे नाप्न तयार हुँदैथिए । एकातिर लबिमा भने फेसन पारखीहरु कक्टेलमा रमाउँदै थालिसकेका थिए । बियर र ह्विस्कीको ‘फेसन कन्ट्रास्ट’ गज्जबको देखिन्थ्यो ।


साँझको ८ बज्नै लाग्दा ‘इन्स्टुमेन्टल म्युजिक’को तालमा मोडलहरु एक–एक गरी विरालो चालमा -याम्पमा निस्किए । स्टेज परम्परागत भन्दा केही भिन्न थियो । त्यसैले मोडलहरुको विरालो हिडाइ हेर्न घाँटी लम्किनु पर्दथ्यो । लम्किँदै दर्शकले उनीहरुलाई तालीले हौसला दिएका थिए । एकपछि अर्को गरी मोडलहरु विभिन्न ‘सिक्वेन्स’मा प्रस्तुत भएका थिए ।


दलजित सुदान, जो एक अन्तर्राष्ट्रियस्तरमा चिनिएका फेसन डिजाइनर हुन् । शुक्रबार साँझ उनै दलजितको एकल क्रियशन प्रस्तुत गरिएको थियो । डिजाइनर दलजित सुदानले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेका डिजाइनहरू निकै आर्कषक थिए ।


नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन २०१८’ को उद्देश्य नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पु-याउन हो । -याम्पमा  महिला-पुरुष गरी २४ मोडल उत्रिएका थिए । जसमा मोडलिङ क्षेत्रमा कहलिएका नामहरु थिए ।

Comments