लुकी–लुकी आमा नाचेकी हेर्थिन् माधुरी | आमा भन्थी ‘यी सानै छे’
screennepal
प्रकाशित: २०७५, ११ जेष्ठ शुक्रबार
no img

बलिउडकी ‘डान्स क्वीन’ तथा अभिनेत्री माधुरी दीक्षित भन्नेवित्तिकै डान्सको कुरा आउँछ । कुसल डान्स कलाकै कारण उनी बलिउडमा उनी एकाएक छाएकी हुन् ।


एक समय बलिउडकै हस्तीहरु भन्थे, ‘माधुरीको डान्समा जादू छ ।’ यी रुप र डान्सको जादूवालीले कसरी आफूलाई यहाँसम्म ल्याइन् त ?
बलिउड यात्रामा निरन्तर अगाडि बढिरहेककी माधुरी साँच्चै राम्रो नाच्छिन् । उनको कम्मर मर्काइको फ्यान संसारभर छन् । यी अभिनेत्री तथा कुसल नृत्यांगना माधुरीले आफ्ना डान्सकलाबारे पछिल्लो समय यसरी भारतीय मिडियासँग खुलासा गरेकी छन् ।

डान्स करिअर :
जतिखेर माधुरी साढे तीन वर्षकी थिइन् । त्यो समय उनकी आमा दुई बहिनीसँग डान्स सिक्न जान्थिन् । माधुरी पनि आमाको पछि–पछि लाग्थिन् । क्लास सुरु भएपछि गुरु वसन्तराव घाडगे डान्स सिकाउन थाल्थे । माधुरी लुकेर त्यो हेर्थिन् । एक दिन गुरुले उनलाई देखे । त्यसपछि डान्स गुरुले उनकी आमालाई भने, ‘यिनलाई पनि डान्स सिकाउनु । साहै्र मन पराउँछ जस्तो छ ।’ माधुरीकी आमाले भनिन्, ‘हुन्थ्यो तर सानी छे ।’ गुरुले केही बोल्न सकेनन् ।
त्यसरी साढे तीन वर्षकै हुँदा डान्स भनेपछि हुरुक्कै भएकी माधुरी अन्नतः बलिउडमा आफूलाई एक नम्बर डान्सर अभिनेत्री बनाउन सफल भइन् ।

Comments