तर्साउँन आउँदै ‘सुनकेशरी’ ?!
screennepal
प्रकाशित: २०७५, १० जेष्ठ बिहीबार
no img

‘सुनकेशरी’ले दर्शक तर्साउला त ? कि नाममात्रै हरर ? ‘तर्साउँछ’ सुनकेशरीकी ऋचा शर्मा ढुक्कले भन्छिन् । उनका अनुसार चलचित्र ‘सुनकेशरी’ले दर्शकलाई मनोरञ्जनसँगै सिनेमा हलमा तर्साउँनेछ ।’ यो हरर चलचित्र यो शुक्रबार प्रदर्शनमा आउँदैछ । ऋचा शीर्ष भूमिकामा छिन् ।
अभिनेत्री तथा निर्मात्री समेत ऋचाले निर्माता संघले घोषणा गरेको आन्दोलनका कारण जेष्ठमा रिलिज हुने भनिएको सबै चलचित्रलाई होल्ड राखिएको बताउँदै प्रचारमा ढिलाई भएको गुनासो गरेकी छन् । हरर जनरामा बनेको ‘सुनकेसरी’लाई दर्शकले मन पराइदिन्छन् भन्नेमा चाहिँ उनी ढुक्क छिन् ।


यस्तै, ऋचाले ‘सुनकेशरी’ यसअघि बनेको भनिएक हरर फिल्मभन्दा स्तरिय रहेको समेत बताएकी छन् । यस चलचित्रको सम्पूर्ण सुटिङ अस्ट्रेलियामा गरेको र अहिलेसम्म १ करोड ३० लाखभन्दा बढी खर्च भइसकेको ऋचाको भनाइ छ ।
यस्तै, निर्देशक अर्पण थापाले ‘सुनकेशरी’ आफ्नो लागि पनि च्यालेञ्जिङ भएको बताएका छन् । ‘उच्च स्तरिय हरर फिल्म बनाउने कोशिस गरेका छौ, मलाई आशा छ फिल्मले दर्शकको राम्रो साथ पाउनेछ’ उनले भने । हलमा जाने दर्शकलाई सनकेशरीले तर्साउन सक्ने दावी उनको छ ।
चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारको अभिनय छ ।

Comments