नेपाल आउँदै बलिउडका निर्देशक सुभाष घइँ
screennepal
प्रकाशित: २०७५, ९ जेष्ठ बुधबार
no img

काठमाडौं, ९ जेठ । बलिउडका चर्चित निर्देशक तथा निर्माता सुभाष घईँ नेपाल आउँदैछन् । उनी कान्तिपुर फिल्म एकेडेमीले गर्न लागेको फिल्मसम्बन्धी एक ‘वर्कशप’मा सहभागी हुने यहाँ आउन लागेका हुन् ।
मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लिङ उड ईन्टरनेस्नलको संयुक्त रुपमा वर्कशप तथा सेमीनार गर्न लागेको जनाएको छ । सो वर्कशपमा निर्देशक सुभाष घईँ आउने जनाएको छ । घईँ विस्लिङ उडका फाउण्डर हुन् । उनैले मनिषा कोइरालालाई १९९१ मा ‘सौदागर’बाट बलिउडमा डेब्यु गराएका थिए ।
वर्कशप बिशेषगरी मिडिया नलेज, मोबाइल फिल्म मेकिङ, स्क्रिप्ट राईटिङ र फेसन डिजाइनमा केन्द्रीत हुने बताइएको छ । वर्कशपका लागि मुम्बईबाट निर्देशक घईसँगै अन्य स्क्रिप्ट राईटर अन्जुम राजाबली, फेसन डिजाईनर, निशा चन्दा, फिल्म मेकर रविया नाज्की र मुक्ता आर्टस्का निर्देशक राहुल पुरी पनि आउने बताइएको छ । उक्त वर्कशपमा नेपालबाट फिल्म निर्देश्क तथा सञ्चारकर्मी दिनेश डिसी हुनेछन । वर्कशप यही २० जेठमा होटल अन्नपुर्णमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।

 

Comments