‘प्रियाशा’ अर्थात प्रतिभाकी एञ्जल
screennepal
प्रकाशित: २०७५, ८ जेष्ठ मंगलवार
no img

काठमाडौं, ८ जेठ । ‘प्रियाशा’ अर्थात् एञ्जल राई । फिल्म ‘हैरान’मा ‘प्रियाशा’का रुपमा देखिएकी एञ्जलको चर्चा चुलिँदो छ । हाल सिनेमा घरमा रिलिज भइरहेको फिल्म ‘हैरान’मा एञ्जल सडकबालिकाको भूमिकामा छिन् । ‘प्रियाशा’ भूमिकाबाट एञ्जलले दर्शकको ताली पाइरहेकी छन् ।
१० वर्षीया एञ्जलले आफू अभिनीत फिल्म ‘हैरान’ हेरेपछि भनिन्, ‘रामै्र गरेकी रै’छु । मलाई आफ्नै भूमिका र अभिनय मनप-यो ।’ फिल्ममा उनी बालआश्रमबाट भगुवा हुन्छिन् ।


‘हैरान’ एञ्जलको पछिल्लो फिल्म हो । यसअघि उनले थुपै्र फिल्म, डकुमेन्ट्री र म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छन् ।
६ वर्षकै उमेरमा ‘ड्याडी आई लभ यू’ गीतको भिडियोमा मोडलिङ गरेकी एञ्जल प्रखर बालकलाकारका रुपमा चिनिन्छिन् । सानै भएपनि फस्र्याैली एञ्जलले भेटमा भनिन्, ‘अभिनय र मोडलिङ मेरो रुचि हो । भविष्यमा हिरोइन नै बन्ने लक्ष्य लिएकी छु ।’
एञ्जलको कलायात्रा कहाँबाट सुरु भयो ? जवाफमा यी प्रतिभाशाली बालकलाकारले भनिन्, ‘म्युजिक भिडियोबाटै भएको हो ।’
हुन त उनले २०१६ मा ‘किड्स क्वीन’मा पनि सहभागी भएकी थिइन्, जहाँ उनले ‘बेस्ट स्माइल’ टाइटल अवार्ड पाएकी थिइन् ।
राई बाबु र नेवार आमाबाट जन्मेकी एञ्जलमा एक किसिमको अदभूत कला छ । उनी अभिनय र नृत्यमा मात्र नभएर बोल्न पनि उस्तै प्रखर छिन् । त्यसैले उनलाई धेरैले भन्छन्, ‘इन्टरकास्टको प्रभाव ।’ प्रश्न तेर्साउन नपाउँदै उत्तर दिन सक्ने एञ्जलको खुबी छ । जो नेपाली फिल्मका कमै सेलिब्रेटी भेटिन्छन् ।


एञ्जलको फिल्मी यात्रा ‘जोनी जेन्टलमेन’बाट सुरु भएको हो । त्यतिखेर उनी ८ वर्षकी मात्रै थिइन् । तर, खुबी ठूलै थियो । ‘हैरान’मा बालकलाकारका लागि अडिशन दिएका ५० भन्दा बढी आफू जस्तालाई उछिनेर ‘प्रियाशा’ बन्ने अवसर पाएकी एञ्जलले पहिलो क्यामेरा फेशबारे भनिन्, ‘पहिलोपटक त डर लाग्यो नि ।’ डर किन त ? ‘क्यामेराको अगाडि डराएको चाहिँ होइन’ एञ्जलले प्रस्टाइन्, ‘कतै बिग्रिन्छ कि भनेर डराएकी हुँ ।’ त्यो डरको अनुभव उनले फिल्म ‘जोनी जेन्टलमेन’मा लिएकी थिइन् ।
यहाँसम्म आउँदा एञ्जलले नेपाली फिल्ममात्र नभएर अंग्रेजी फिल्म र विज्ञापनहरुमा समेत अभिनय गर्न भ्याइसकेकी छन् । अहिले उनी अभिनेता अनमोल केसीसँग फिल्म ‘क्याप्टेन’मा काम तयारीमा छिन् ।


‘जोनी जेन्टलम्यान’मा नायिक आँचल शर्माको इमान्दार विद्यार्थीको भूमिकामा देखिएकी एञ्जलले ‘आवर गर्ल’ अ्रग्रेजी फिल्ममा कुमारी देवीको भूमिका गरेकी छन् । छोटो समयमै विभिन्न किसिमका भूमिका निर्वाह गर्ने अवसर पाएकी एञ्जल भन्छिन्, ‘मलाई जस्तो भूमिका दिएपनि निर्वाह गर्न सक्छु ।’ ‘यात्रा अ म्यूजिकल ब्लक’मा एञ्जलले दृष्टिविहीन बालिकाको भूमिका निर्वाह गरेकी छन् ।
बागबजारस्थि ड्रिमल्याण्ड स्कुलमा कक्षा ५ मा अध्ययनरत एञ्जलले ‘आवर गर्ल’, ‘द म्यान फर काठमाडौं’, ‘फेरि फेरी’ ‘पुरिएका पुस्तक’लगायत ‘ड्याडी आई लभ यू’, ‘यात्रा अ म्यूजिकल ब्लक’जस्ता फिल्म र डकुमेन्ट्रीहरुमा काम गरिसकेकी छन् ।
एञ्जलले तीन गीतमा समेत मोडलिङ गर्न भ्याइसकेकी छन् । उनी अभिनीत केही फिल्म रिलिज हुन बाँकी नै छ । ती फिल्म रिलिज भएपछि एञ्जलको कलाकारिताले थप उचाई पाउनेमा दुईमत छैन ।
यतिका संख्यामा फिल्म र म्युजिक भिडियोमा अभिनय गरिसकेकी एञ्जलले अभिनयको कतै कक्षा लिएकी छैनन् ।
‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै कलाकारितामा उज्वल भविष्य लिएर अगाडि बढिरहेकी एञ्जलको कला र प्रतिभा जन्मजातै हो । जसले उनी दिनदिनै कलाकारिताको सिंढी चढ्दैछिन् ।

 

Comments