तेस्रो कृतिसहित आइन् अनिता
screennepal
प्रकाशित: २०७५, ८ जेष्ठ मंगलवार
no img

काठमाडौं, ८ जेठ । कवि अनिता लामा तेस्रो कविता संग्रह ‘आतुङ’सहित आएकी छन । काभ्रेको तेमाल मेच्छेकी अनिताको यो तेस्रो कृति हो । यसअघि उनले ‘अनुराग’ र ‘अर्पण’ दुई कविता कृति ल्याइसकेकी छन् ।
प्रायः कवितामा प्रगतिवादी सामाजिक चेतना र दायित्व अभिव्यक्त गर्दै आएकी लामाले ‘आतुङ’मा मुलुकको राजनीति, द्धन्द्ध, सामाजिक विसंगतीदेखि वैयक्तिक सम्वेदना र बदलि“दो समाजिक मनोविज्ञानसम्मका जस्ता सन्दर्भ समेटेकी छन् । उनले कवितामार्फत लैंगिक समानताको वकालत समेत गरेकी छन् ।
‘मैले जसरी समाज र समयलाई देखें, भोगें, त्यसैलाई विचारको लेपन लाएर प्रस्तुत गर्न खोजेकी छु’, उनले भनिन्, ‘त्यही भएर म आफ्ना सिर्जनालाई कविताको क्यानभासमा लेखिएको समयको चित्र भन्छु ।’
कृतिमा ‘रातो घाम’, ‘स्वस्थानी साङ्गे’, ‘ह्यारी, आस्याङ र साहिबा’, ‘कमरेड’, मेरो सन्ते कहा“ छ ?’, ‘मुसुरिया’, ‘भिडियो कल’, ‘डेरावाल्नी’, ‘ह्याप्पी भ्यालेन्टाइन’, ‘पारिजात’, लगायत ४४ कविता छन । कृति आतुङ फाउण्डेशनले छापेको हो ।

 

Comments