श्रीदेवीको डाइहार्ट फ्यानलाई फोटो उपहार
screennepal
प्रकाशित: २०७५, ७ जेष्ठ सोमबार
no img

काठमाडौं, ७ जेठ । बलिउड अभिनेत्री श्रीदेवी यो दुनियाँमा छैनन् । तैपनि उनका फ्यान अझै घटेका छैनन् । कुनै समयकी बलिउडकी सुपरस्टार श्रीदेवीका कैयौँ फ्यानमध्ये एक हुन्, फोटोग्राफर टोनु सोजतिया । श्रीदेवीका डाइहार्ट फ्यान टोनुले आफ्नो कारमा श्रीदेवीको पोस्टर टाँसेकी छन् ।
यो थाहा पाएपछि आइतबार श्रीदेवीका पति बोनी कपुरले टोनुलाई भेट्न पुर्णेबाट मुम्बई बोलाए । श्रीदेवीजस्ता सुपरस्टारको पतिसँग भेट्न चाहेको टोनु बताएपछि बोनीले उनलाई भेटेका हुन् । बोनीले पनि आफ्नो पत्नीको डाइहार्ट फ्यानलाई भेट्न चाहेका थिए । टोनुले बोनी कपुरसँग भेट्न समय मागेकाले उनलाई आफ्नो अफिसमै बोलाएका थिए ।
बोनीले आफ्नो अफिसमा टोनुसँग कुरा गर्दै श्रीदेवीको सन्दर्भमा कुरा गरेका थिए । जसले श्रीदेवीको ताजा याद स्मरण गराएको थियो । बोनीले आफ्नो फिल्म ‘सोलवा सावन’को श्रीदेवीको एक फोटो गिफ्ट दिएका छन् ।

Comments