बेलायती राजकुमार ह्यारी–मेगन विवाह (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, ५ जेष्ठ शनिबार
no img

लण्डन, ५ बैशाख (एजेन्सी) । बेलायतका राजकुमार ह्यारी र मेगन मार्कल शनिबार बैवाहिक जीवनमा बाँधिएका छन् । बेलायतको राजधानी लन्डनभन्दा करिब ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको समारोहमा उनीहरुले जीवनभर खुसी रहने कसम खाँदै औंठी साटेका थिए ।


राजकुमार ह्यारीलाई महारानी एलिजाबेथले ‘ड्युक अफ ससेक्स’ उपाधि दिएकी छन् । बिवाहपछि मार्कल ‘डचेज अफ ससेक्स’ बनेकी छन् ।


भव्य शाही विवाह समारोहमा एक लाखभन्दा बढी निम्तालु सहभागी थिए । ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेमसम्बन्धमा रहेको बताइन्छ ।


राजगद्दीको उत्तराधिकारीको छैठौं रोल क्रममा रहेका राजकुमार ह्यारीको जोडी गत सेप्टेम्बरमा पहिलोपटक सार्वजनिक रुपमा देखापरेका थिए ।

Comments