चुचुरोमा पूर्णिमा | उन्मुक्त हाँसो (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, ५ जेष्ठ शनिबार
no img

काठमाडौं, ५ जेठ । असम्भव भन्ने के नै छ र ? रुचि, इच्छा र सोच भए सम्भव नै सम्भव । फोटो पत्रकार पुर्णिमा श्रेष्ठले यस्तै सोचले सर्वोेच्च शिखर सगरमाथाको चुचुरो चुमेकी छन् । सगरमाथा आरोहण गरिछाड्ने दृढ संकल्प बोकेकी पुर्णिमाले जब शिखर टेकिन् अनि उन्मुक्त रुपमा हाँसिन् । सगरमाथाको शिखरमा लिइएका उनका तस्बिरहरुले त्यही बोलेको छ ।


पाँच वर्षयता फोटोपत्रकरितामा सक्रिय पुर्णिमाले शनिबार बिहान ८ बजेर १० मिनेटमा सगरमाथाको चुचुरो चुमेकी हुन् । यससँगै उनले नयाँ रेकर्ड पनि बनाइन् । पुर्णिमा सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छन् ।


सगरमाथामा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बन्न सफल भएकोमा फोटो पत्रकार क्लबले प्रेस उनलाई बधाई दिएको छ ।
सगरमाथा आरोहणकै क्रममा उनले पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरेकी छन् ।


नेपालको संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको फोटो नेपाल अभियानअन्तर्गत फोटो पत्रकार क्लबको प्राविधिक सहयोगमा उनले उक्त फोटो प्रदर्शनी गरेकी हुन् ।


गोरखो आरुघाटकी २६ वर्षीय पुर्णिमाले यसअघि २६ सेप्टेम्बर २०१७ मा ‘किल्लर माउण्टेन’का रुपमा चिनिने ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन् ।

Comments