गजल गायक पंकज उदासको यस्तो छ प्रेम–जीवन
screennepal
प्रकाशित: २०७५, ३ जेष्ठ बिहीबार
no img

काठमाडौं, ३ जेठ । गजल प्रेमीको मनमुटुमा सधै बस्न सफल गजलकार हुन् भारतीय गायक पंकज उदास । सयौ कालजयी गजलका यी स्रष्टाले आज ६७औं जन्मदिन मनाउँदैछन् ।
१७ मे १९५१ मा गुजरातमा एक जमिन्दार परिवारमा जन्मिएका पंकजले गजलमार्फत नै आफूलाई संसारभर चिनाएका छन् । पंकजको प्राय सबै गजल प्रेममिल छन् । उनको आफ्नै प्रेम जीवन पनि कुनै फिल्मको कथाभन्दा कम छैन ।
कुरा ७० को दशकको हो । पंकजले पहिलोपटक एक युवतीले घरमै फरिदा (जो उनकी पत्नी हुन्) लाई भेटाएका थिए । देख्नेवित्तिकै उनले मन पराए पनि । फरिदा–पंकज कुराकानी पनि तिनै युवतीले गराइन् । त्यसबेला पंकज ग्राजुएशन गर्दैथिए भने फरिदा एयर होस्टेस थिइन् । दुवैजना साथी भए अनि कुरा गर्दै गए । केही महिनापछि नै उनीहरु एकदमै नजिक भएका थिए । उनीहरु फरक–फरक धर्मका थिए । तर उनीहरु चाहन्थे कि, ‘परिवारले विवाह गरिदिओस् र आर्शीवाद देओस् ।’ जसमा पंकजको परिवार पोजेटिभ नै थियो । तर, फरिदाका अविभावक राजी थिएनन् ।
फरिदाको समाजमा आफ्नो जाति बाहरका सँग विवाह गर्न बञ्चित थियो । तैपनि उनीहरुमा झाँगिसकेको प्रेम रोक्न सक्ने हैसियत कसैको थिएन । त्यस्तै, पंकज र फरिदाले पनि यो निर्णय गरे कि, ‘जसरी पनि विवाह गर्ने अनि अविभावकसँग आर्शीवाद लिने ।’
पंकजको गजल गायन यात्रा ‘आहट’ बाट भएको थियो अर्थात् उनको पहिलो गजल एल्बम थियो, ‘आहट’ ।
घरका तीन दाजु–भाईमध्ये पंकज कान्छा हुन् । उनका दुवै दाजुहरु मनहर उदास र निर्मल उदास म्यूजिक फिल्डमै थिए । त्यसैले पंकज पनि म्युजिक क्षेत्रमा आकर्षित भएका थिए ।
पंकजले गजल गायकीको दुनियामा पाइला राखे । उनले सन् १९८० मा एल्बम ‘आहट’ निकालेका थिए । आफ्नो पहिलो एल्बम लन्च गरेपछि उनलाई बलिउडबाट गायनबा लागि अफर आउन थाल्यो । त्यसपछि उनले १९८१ मा एल्बम ‘तरन्नुम’ र १९८२ मा ‘महफिल’ ल्याए । ती दुवै एल्बमका गजलहरु हिट भए । त्यसपछि पंकजले गजल गायनको क्षेत्रमा एक पटक एक छत्र राज गरेका थिए । हिजोआज पनि पंकजका गजल भनेपछि हुरुकै नहुने सायद कमै छन् ।

 

 

Comments