रेड कारपेटमा यी अभिनेत्री ताल | यस्तो पनि हुन्छ ?!
screennepal
प्रकाशित: २०७५, २ जेष्ठ बुधबार
no img

काठमाडौं, २ जेठ । हलिउड अभिनेत्री क्रिस्टन स्टिवर्ट कान्स फिल्म फेस्टिवलमा आलोचित बनेकी छन् । यी अभिनेत्रीले कान्सको नियम तोडेकी छन् ।
कान्समा रेड कारपेटमा नांगो खुट्टाले हिड्न पाइँदैन । तर, क्रिस्टलले नियमको वास्तै नगरी हातमा स्याण्डल लिएर खाली खुट्टाले हिडिइन् ।
प्रशंग सोमबारको हो । उनी सुरुमा रेड कारपेटमा कालो हिल्स लगाएर झल्किइन् । तर, त्यसको केही मिनेटपछि रेड कारपेटमा उनले फोटोग्राफरलाई केही पोज पनि दिइन् । त्ससपछि उनले खुट्टाको हिल्स खोलेर नांगो खुट्टा रेड कारपेटमा निर्धक हिडिन् ।
फिल्मी दुनियाँकै उत्सव मानिने कान्समा थुप्रै नियममध्ये खाली खुट्टा हिड्न नपाउनु पनि एक हो । फ्रान्समा आयोजना हुँदै आएको कान्समा बेला बेला यस्तै स–साना नियम उग्लघनले गर्दा अभिनेत्रीहरु विवादित हुँदै आएका छन् ।
सन् २०१५ मा कान्समा फिल्म ‘कैरल’को प्रिमियरमा सहभागी केही महिला खाली खुट्टा थिए । त्यसपछि यो नियम बनाइएको हो ।
क्रिस्टनले एक अन्तर्वातामा यस नियमको विरोध गरेकी थिइन् । तर, यसपटक भने रेड कारपेटमा हिल्स फुकालेर दखाइ नै दिइन् । यसअघि हलिउड अभिनेत्री जूलिया रोबर्टस्ले पनि यस नियमको उल्लंघन गरिसकेकी छन् । ६९औं कान्स फिल्म फेस्टिवलको रेड कारपेटमा जूलिया पनि नग्न खुट्टा देखिएकी थिइन् । (एजेन्सी)

Comments