जेठ ११ मा फेसियल हाउसको ‘फेशन ट्रेड सिजन–२’
screennepal
प्रकाशित: २०७५, ३१ बैशाख सोमबार
no img

काठमाडौं, ३१ बैशाख । फेसियल हाउसले नयाँ अवधारणामा फेशन शो गर्ने भएको छ । आउँदो ११ जेठमा हाउसले ‘फेशन ट्रेड सिजन टू’ गर्दैछ । ‘फेशन सवैका लागि’ अवधारणासहित शो गर्न लागेको जनाएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेनलमा बोल्दै आयोजक फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर शुषमा महराले ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ले फेसनको दुनियाँमा नयाँ मान्यता स्थापित गर्ने बताइन् । उनले भनिन्, ‘यसपल्ट हामीले समय सान्दर्भिक फेशनलेबल डिजाइन, मेकअप र भविष्यमा हुने र चल्ने डिजाइन तथा मेकअपलाई फेशन टेड्र मार्फत प्रस्तुत गर्न लागेको छौं ।’
फेशनसँग जनजीवनलाई जोड्ने प्रयास अन्तर्गत आफूहरुले फेशन शोको परम्परागत अवधारणालाई परिवर्तन गर्न खोजेको फेसियल हाउस इन्टरटेनमेन्टका अध्यक्ष उज्वलजंग शाह बताउँछन् । उनी भन्छन्, ‘फेशन हिरो÷हिरोइन र मोडल गर्ने कुरा हो भन्ने मान्यता छ । तर, सवै पेशा, व्यवसाय र क्षेत्रमा रहेकाहरु आकर्षक र स्मार्ट बन्न जरुरी हुन्छ । यो फेशन शो बाट त्यी सन्देश प्रवाह गर्न खोज्दैछौं ।’
फेसियल हाउसले यसपल्ट फेशन शोका लागि मोडल मात्रै नभइ रोलमोडल पनि छानेको जनाएको छ । समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई ¥याम्पमा उतार्ने प्रयास गर्न खोजिएको पत्रकार सम्मेलनमा बताइयो ।
आगामी मे २५ (जेठ ११ गते शुक्र बार) हुन गइरहेको कार्यक्रममा साप्ताहिकका सम्पादक सुवास ढकाल, शुक्रवारका सम्पादक केपी ढुंगाना, कामनाका सम्पादक विदुर गिरी लगायतका एक दर्जन पत्रकाहरुलाई पनि ¥याम्पमा उतार्न लागिएको छ ।
यसैगरी कलाकारहरु करिष्मा मानन्धर, सविन श्रेष्ठ ,क्षितिजा शाक्य, दिक्पाल कार्की, आमेश भण्डारी, एसराज गराच लगायत ¥याम्पमा उत्रिदैछन् । मिस नेपालहरु उषा खड्गी र सुगरिका केसी, ‘मेरी बास्सै’की कलाकार सुनिता गौतम पनि ¥याम्पमा उत्रिने छन् ।
फेसियल हाउसले वर्षौंदेखि सवै प्रकारका व्यक्तित्व, सवै क्षेत्र र सवै पेशाकर्मीहरुलाई सुन्दर बनाउँदै आएको छ । त्यसैले फेसियल हाउस सुहाउँदो हेयर डिजाइन, छालाको निरन्तर देखभाल र मेकअपबाट जोकोहीलाई सुन्दर र स्मार्ट बनाउन सकिन्छ भन्ने मान्यतालाई यस शोबाट पुष्टी गर्ने बताइएको छ ।
महरा भन्छिन्, ‘फेशन मिलेको ज्यान भएकाहरुका लागि मात्रै होइन, ज्यान अनुसार मिलाउनुलाई फेशन भन्ने मान्यता लाई स्थापीत गर्न सवै प्रकारका जिउडाल भएकाहरुलाई ¥याम्पमा उतार्दैछौं । मान्छेहरुको उचाई, लम्बाई र चौडाई मात्रै सौन्दर्यको मानक होइन भन्ने देखाउनका लागि पनि हो ।’
विगत १० वर्षदेखि फेशन डिजाइन क्षेत्रमै रहेका प्रेम देवा यसपल्ट आफू उत्साहित रहेको बताउँछन् । उनी भन्छन्, ‘पहिरनका साथै मेकअप र हेयर स्टाइलले व्यक्तित्व खुलाउँछ । यसपल्ट हामी त्यही प्रयोग गर्न लागिरहेका छौं ।’
कोरियोगाफर लक्की खड्गी भने मोडल बाहेकलाई पनि ¥याम्पमा उतार्ने चुनौतीको सामना गर्न आफू तयार रहेको बताउँछन् । उनी भन्छन्, ‘विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई ¥याम्पमा उतार्ने कुरा चुनौतीपूर्ण हो तर हामी नयाँ तरिकाले फेशन शो गर्ने भएकाले चुनौती सामना गर्न तयार भइसकेका छौं ।’
फेशन शोबाट नयाँ पहिरन र स्टाइल देखाइने मात्रै नभए व्यवसाय प्रवद्र्धन पनि हुने मान्यता हिट्का प्रालिका म्यानेजिङ डाइरेक्ट प्रदीप प्रधानको छ । त्यसैले आफू र आफ्नो कम्पनी यो फेशन शोसँग जोडिएको उनले बताए ।
यसबाहेक अन्य फेशन शोहरु जस्तै यो मौसमका लागि डिजाइन भएकाका पहिरन देखाउने, नयाँ फेशन ट्रेन्डलाई सार्वजनिक गर्ने र डिजाइनरहरुका कला प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउत लगायतका गायक गायिकाले आफ्नो प्रस्तुति पस्किनेछन् । फेशन ट्रेड सिजन टु का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफ लक्की खड्की, दिक्पाल कार्की, स्मित तामाङ, ड्रेस डिजाइनर प्रेम देब, एनि र मेकअप चन्द्र लामा र हेयर डिजाइनमा बिगेन तामाङ रहने छन् । कार्यक्रममा मुख्य प्रायोजन फेसियल हाउसको रहनेछ भने सह प्रायोजन क्वेस्ट लाइफ स्टाइल, हिट्को प्रालि, अशोक कार्वन, श्रीनाथ कलेक्सन, एफक्यान, बोता मोमोले गरेका छन् ।
टिपाज कलेक्सन, कर्पोरेट, नेपाललाइभ डटकम, ह्वाइट मिडिया, आर्यन डिजाइन र तस्बिर स्टुडियोले सहयकार्य गरेका छन् ।
‘फेशन ट्रेड सिजन वान’ पोखरामा भएको थियो । नेपालमै पहिलोपल्ट तीनमहिनासम्म हरेक शुक्रबार पारेर पोखरामा आयोजना गरिएको उक्त फेशन शो पोखरेली माझ चर्चित बनेको हो ।

 

Comments