कान्स : शेल्फी प्रतिबन्धदेखि यौन उत्पीडन हेल्पलाइनसम्म…
screennepal
प्रकाशित: २०७५, ३० बैशाख आईतवार
no img

काठमाडौं, ३० बैशाख । संसारका फिल्मकर्मीहरुको उत्कृष्ट मानिएको ‘कान्स फिल्म फेस्टिवल’ले ७१ वर्ष पूरा गरेको छ । सन् १९४६ देखि फ्रान्समा ‘कान्स सुरु भएको हो ।
यहाँसम्म आइपुग्दा कान्समा बलिउड दरो भागीदार बनेको छ । ७१औं संस्करणमा आइपुग्दा यस फेस्टिवलमा साउदी अरब पहिलोपटक सहभागी छन् । यसपटक बलिउड अभिनेत्री श्रीदेवीलाई ‘मरणोपरान्त सम्मान’ दिइँदैछ ।

कान्समा यी नयाँ कुरा पहिलोपटक
१, पहिलोपकट कान्सको रेड कार्पेटमा सेल्फी प्रतिबन्ध
पछिल्लो वर्ष शेल्फीले असहज बनाएकाले यसपटकबाट प्रतिबन्ध गरिएको हो । शेल्फीमा सेलिब्रेटीहरु अलमलिने र कार्यक्रम शेड्युअलमा बाधा पुगेको आयोजकको दावी छ ।
२, पहिलोपटक साउदी अरबको इन्ट्रि ।
कान्स फेस्टिवलमा पहिलोपटक सऊदी अरब शर्ट फिल्मका साथ सहभागी छन् । यस दौरानलाई विशेष बनाउँदैछ । कार्यक्रममा सहभागीले सऊदी अरबको संस्कृतिलाई जोड दिएका छन् । साऊदी अरबको प्रशासनले गएको अप्रिलमा ३५ वर्षपछि सिनेमाघरमा लगाएको प्रतिबन्ध हटाएको थियो ।
३, नेट फ्लिक्समाथि प्रतिबन्ध
यो पहिलो घटना हो, जब अमेरिकी इन्टरटेन्मेन्ट कम्पनी नेटफ्लिक्सको स्क्रीनिंङमा विवाद भएपछि कान्स फेस्टिवलबाट बाहिरिनु परेको छ ।
नेटफ्लिक्सका प्रमुखका अनुसार फेस्टिवल अथोरिटी चाहन्छन् तर त्यो फिल्म पहिल्यै थिएटमा देखाइएको थियो ।
४, यौन उत्पीडन रोक्न हेल्पलाइन
हलिउडका प्रोड्यूसर हार्वे विन्स्टीनमाथि २०१७ मा फेस्टिवलको दौरानमा चार महिलालाई यौन उत्पीडन गरेको आरोप लगाइएको थियो । त्यसपछि हेल्पलाइन शुरु गर्ने निर्णय गरिएको हो । यो सेवाा फिल्म इन्डस्ट्रीका सबै महिलाका लागि हो ।
फ्रान्सका लैंगिक समानता मन्त्री मार्लीन शियाप्पा भन्छन्, ‘हामीले कान्स फिल्म फेस्टिवलसँग समन्वयन गरेर यौन उत्पीडन नियन्त्रण गर्न हेल्पलाइन बनाएका हौं ।’
५, पाकिस्तानबाट पहिलोपकट माहिरा सहभागी
आधिकारिक रुपमा पाकिस्तानबाट पहिलोपटक माहिरा खान कान्समा सहभागी छिन् । २००८ मा ‘अ माइटी हार्ट’ का लागि के लिए माहिराको प्रतिनिधित्व गर्दै अदनान सिद्दीकी सहभागी भएका थिए ।
६, पहिलोपटक क्याम्पियन तथा फण्ड कलेक्शन
‘विन्स्टीन सेक्स अब्यूज स्टोरी’ का लागि ‘वल्ड वाइड’ चलिरहेको ‘मीटू क्याम्पियन’ कान्समा पनि सक्रिय छ ।
७, पहिलोपटकट समानताको पहल
कान्समा सर्वश्रेष्ठ फिल्म र कलाकार छनोटका लागि पहिलोपटक पाँच महिला सदस्य जुरी सामेल छन् । जमिा अध्यक्ष कैट बेन्चलेटका आलाव एवा डुवेर्ने, खड्जा निन, लेया सेडोक्स र क्रिस्टन स्टीवर्ट छन् । ।
यति मात्र नभएर यसपटक संसारका चर्चित महिला निर्देशकको फिल्म प्रतिस्पर्धामा छ । जसमा निर्देशक ईवा हसन, एलिस रोरवाचर, नैडिन लबाकी, वेनेसा फिल्हो, वलेरिया गोलिनो, वनूरी काहियू, नन्दिता दास, गाया जीजी, मर्यम बेनमबेर्क, एंड्रिआ बेस्कान्ड, रेने नाडेर, एन्जा कोफमेल, रोएना गेरा, जोसोफिया, एग्निजका स्मोकजिन्स्का, मारिया मोन्ज, डेब्रा ग्रेनिक, बेट्रिज, क्रिस्टीना गेलेगो र अरान्टक्साको नाम रहेका छन् ।
यस कारण ‘रेड’ हुन्छ कार्पेट
रेड कार्पेट थ्योरीको शुरुआत १९२२ मा सिड ग्रौमेनले गरेका थिए । फिल्म प्रिमियरका लागि शरु भएको रेड कार्पेट बिछाउँने चलन अहिले पनि जारी छ । भनिन्छ, त्यतिखेर कलर कम्बिनेशन जस्ता प्रचलन थिएन । रातो भए हुन्थ्यो । त्यसैले रेड कार्पेट भन्न थालियो ।

Comments