सोनियालाई भित्राउँदै हिमेश
screennepal
प्रकाशित: २०७५, २८ बैशाख शुक्रबार
no img

काठमाडौं, २८ बैशाख । बलिउडमा सोनम कपूर र नेहा धूपियापछि अब गायक हिमेश रेशमिया विवाह गर्दैछन् । बलिउडका यी चर्चित गायक आफ्नो गर्लफ्रेन्ड सोनिया कपूरसँग विवाह गर्न लागेका हुन् । भारतीय अधिकांश मिडियाले ‘हिमेशको विवाह गर्दैछन्’ भनेर उल्लेख गरेका छन् ।
हिमेशले आफ्नो विवाहबारे केही नबताएपनि उनका बिजनेस पार्टनर राकेश उपाध्यायले यसको पुष्टि गरेका छन् । उपाध्यायले भनेका छन्, ‘मेरो भाई तथा बिजनेस पार्टनर हिमेश सोनिया कपूरसँग् विवाह गर्दैछन् ।’ विवाह समारोह उनकै निवासमा आजै अर्थात ११ मे राति हुँदैछ । हिमेश र सोनिया लामो समयदेखि डेटमा थिए ।

Comments