कान्सको पूर्वसन्ध्यामा इन्स्टामा ऐश्वर्या (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, २७ बैशाख बिहीबार
no img

काठमाडौं, २७ बैशाख । पूर्वविश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन केही समययता सोशल मिडियाबाट टाडा छिन् ।
फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता कुनै पनि सोशल मिडियामा नरहेकी ऐश्वर्या कान्स फिल्म फेस्टिवलको पूर्वसन्ध्यामा इन्स्टाग्राममा आउँदैछिन् । यही मे १२ कान्स फिल्म फेस्टिवल हुँदैछ ।
भारतीय मिडिया रिर्पोटअनुसार कान्समा ऐश्वर्या पनि सहभागी हुँदैछिन् । फेस्टिवलमा सहभागी हुने कुरा फ्यान तथा प्रशंसकलाई जानकारी गराउन ऐश्वर्याले सोशल मिडिया इन्स्टाग्राम प्रयोग गर्ने भएकी हुन् । कान्सको ठीक एक दिनअघि अर्थात ११ मेमा उनी इन्स्टाग्राममा आउँदैछिन् ।


लामो समयसम्म सोशल मिडियामा हराएकी ऐश्वर्यालाई उनका फ्यानले पर्खिरहेका छन् । भनिन्छ, उनका फ्यान तथा शुभचिन्तकको आग्रहले गर्दा उनी सोशल मिडियामा आउन लागेकी हुन् । सोशल मिडिया एक प्रभावकारी सञ्चारमाध्यम हो । जसले सेलिब्रेटीहरुलाई चर्चामा ल्याउन यसले धेरै मद्दत गरिरहेको हुन्छ । यो कुरा ऐश्वर्याले पनि बुझेकी छन् । तर, उनी पछिल्लो एक वर्षयता सोशल मिडियादेखि टाढा छिन् ।
सोशल मिडियाबाट गायब भएपछि ऐश्वर्यालाई बलिउड फिल्मकर्मी मनिष मल्होत्रा र करण जौहरजस्ताले लगातार सोशल मिडियामा आउन आग्रह गर्दै आएका छन् ।


कस्मेटिक प्रोडक्ट ब्रान्ड लारियल टीमले पनि यसबारे ऐश्वर्यासँग कुरा गरेको छ । त्यसैले पनि ऐश्वर्या अब सोशल मिडियामा आउन बाध्य भएकी छन् । ऐश्वर्याले एक अन्र्तवार्तामा भनेकी छन्, ‘सोशल मिडियामा अवेयरनेस फैलाउनका लागि यसैमा डुब्न सकिन्न । तर, सोशल मिडियाले हामीलाई फाइदा पनि गरिरहेको छ ।’ (एजेन्सी)

Comments