‘मेन अफ दी वल्र्ड नेपाल’ हुँदै
screennepal
प्रकाशित: २०७५, २६ बैशाख बुधबार
no img

काठमाडौं, २६ वैशाख । सौन्दयै प्रतियोगिताको बाढी चलिरहेको बेला अब ‘मेन अफ दी वल्र्ड नेपाल २०१८’ पनि हुने भएको छ । राजधानीमा पत्रकार भेटघाट गर्दै आयोजकले पुरुष सौन्दर्य प्रतियोगिता ‘मेन अफ दी वल्र्ड नेपाल’ हने जनाएको हो ।
जुम इन इभेन्टले आयोजना गर्न लागेको यो प्रतियोगिता फिल्पिन्सको फ्रेन्चाइज हो । इभेन्टको बुटवल, बिराटनगर, धरान र चितवनमा अडिसन सम्पन्न भइसकेको जनाइएको छ । काठमाडौँमा भने आगामी वैशाख ३० र ३१ मा अडिसन हुँदैछ । ‘म्यान अफ द वल्र्ड–२०१८’ मा भाग लिन चाहनेले अनलाइनबाट पनि फारम भर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय स्तरमा पुरुष मोडलहरुको क्षमताको विकास गर्न तथा नेपाली युवा मोडलहरुलाई अन्तर्राष्ट्रिय स्थरमा पुर्याउनका लागि यो प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिताका सिओ विमल परियारले जानकारी गराए । प्रतियोगितामा पहिलो हुने प्रतिस्पर्धीले नगद एक लाख साथै फिलिपिन्सबाट लाइसेन्स, अन्तर्राष्ट्रिय टुरको प्याकेजका र नेपालबाट अन्य देशहरुमा भाग लिन पाउने छन् । भने दोस्रो हुनेले नगद रु ५० हजार र तेस्रो हुनेले २५ हजार पाउने छन् ।

 

Comments