यौनहिंसा प्रकरणपछि पुरस्कार समितिका चार सदस्यलाई बिदा
screennepal
प्रकाशित: २०७५, २५ बैशाख मंगलवार
no img

स्टकहोम, २५ वैशाख । ‘नोबेल साहित्य पुरस्कार’ प्रदान गर्ने स्विडेनी एकेडेमीले आफ्ना चार सदस्यलाई बिदा बस्न अनुमति दिएको छ ।
परम्परागत रुपमा स्थायी सदस्य नियुक्त भएका चार जना सदस्यलाई यौनिकहिंसा प्रकरणमा मुछिएपछि पुरस्कार समितिको सदस्यलाई विदा बस्न एकेडेमीले अनुमति दिएको हो ।
नोबेल समितिले यस बर्षको साहित्यतर्फ पुरस्कार कसैलाई नदिने निर्णय गरेको समाचार केहीदिन अगाडि सार्वजनिक भएको थियो ।
स्विडेनको दैनिक पत्रिका ‘डागेन्स निहेटर’ले गत नोभेम्बरदेखि एकेडेमीका प्रभावशाली व्यक्तिहरूले विभिन्न १८ महिलालाई बलात्कार गरेको, यौनदुव्यवहार गरेको वा सताएको समाचारलाई अभियानकै रुपमा पछ्याउदै लगेको थियो । त्यही समाचारको प्रभावले अहिले उनीहरूलाई बिदा बस्न दिइएको होे ।
‘लोट्टा लोटस, क्लास ओस्टेग्रेन र सारा स्ट्रीगवर्गलाई तत्काल स्विडेन एकेडेमीबाट विदा बस्न अनुमति दिइएको छ,’ एकेडेमीद्वारा प्रकाशित वक्तव्यमा भनिएको छ । लोटस सन् २०१५ देखि निश्क्रिय थिए ।
त्यसैगरी चौथो सदस्य केस्टिन इक्मानलाई पनि विदा बस्न अनुमति दिइएको छ । उनी सन् १९८९ देखि निश्क्रिय थिए । उनलाई बेलायती लेखक सल्मान रुसडीका विरुद्धमा दुव्र्यबहार गरेको आरोप लागेको थियो । तर उनले त्यो आरोपको खण्डन गर्दै आएका थिए । घटना भएको झण्डै २७ बर्षपछि मात्रै एकेडेमीले यस बारेमा चासो दिएको छ ।
प्राविधिक रुपमा एकेडेमीका सदस्यहरु आजीवन सदस्यका रुपमा नियुक्त हुन्छन्, तर उनीहरूले चाहेको बेलामा मात्रै उनीहरूले पद त्याग गर्न सक्ने व्यवस्था रहेको छ ।
एकेडेमीमा अहिले तत्काल दश जना सक्रिय सदस्यको कमी भएको छ भने १२ जना नयाँ सदस्य निर्वाचित गर्नुपर्ने भएको छ । एकेडेमीले सन् २०१९ मा दुईवटै पुरस्कारको घोषणा गर्न सक्ने जनाएको छ । (Agency)

Comments