सोनमलाई विवाहमा लुगाकै चिन्ता ! दिनै दुलहीको ‘रिहल्सल’
screennepal
प्रकाशित: २०७५, २३ बैशाख आईतवार
no img

काठमाडौं, २३ बैशाख । बलिउड अभिनेता अनिल कपूर छोरीको बिवाह तयारीले ‘बाउको बिहे’ देख्दैछन् । छोरी अभिनेत्री सोनमको विवाहका लागि उनी साता दिनयता यति व्यस्त छन्, उनको खाने र सुत्नेको टुंगो छैन ।
अनिललाई बलिउड अभिनेता हुनुको शान छ भने छोरी पनि अभिनेत्री । तैमाथि नयाँदिल्लीको युवा उद्योगपति आनन्द आहूजा उनको ज्वाइँ बन्दैैछ ।
सोनमको दुलही बन्ने उस्तै तयारी । उनलाई विवाहमा के लगाउने, के नलाउने भन्ने चिन्ता छ । उनी एक महिनादेखि नै आफूले लगाउने लुगाबारे सोच्दै आएकी हुन् । सोनमले लेहेँगा र साडीमध्ये कुन लगाउँदा राम्री देखिन्छु भन्ने चिन्ता छ ।
भारतीय मिडियाले बताएअनुसार उनी दिनै नयाँ–नयाँ रंगका साडी र लेहेँगा लगाएर दुलहीको ‘रिहल्सल’ गर्छिन् । विवाहका दिन ८ मेमा लगाउने लुगा कन्र्फम गरेपनि मेहेँदी सेरेमनिमा के लगाउने भन्ने चिन्ता उनलाई टरेको छैन ।
शनिबार पनि उनले केही लुगा लगाएर ‘दुलही रिहल्र्सल’ गरिन् । सोनमको विवाह समारोह तीन ठाउँमा हुँदैछ । ती तीनै ठाउँमा उनी विशेष पहिरनमा देखिन चाहन्छिन् जबकि, दुलही पहिरनले परिवार र आफ्नो मात्र नभएर बलिउडमै चर्चा पाओस् भन्ने उनको ध्येय छ ।

यस्तो छ विवाहको शेड्युअल
विवाहको पहिलो दिन अर्थात ७ मेमा सोनम र आनन्दको मेहेँन्दी सेरेमनि रहेको छ । सेरेमनि साँझ ४ बजेदेखि बिकेसीस्थित सन्टेकम सिग्नेचर आइल्याडमा हुँदैछ ।
विवाह समारोह ८ मेमा बिहान ११ बजेदेखि मध्यान्ह १२ :३० बिचमा राकडेल–२५६, बैन्डस्ट्यान्ड बान्द्रामा हुँदैछ ।
सोनमको रिसेप्शन ८ मेमै होटल लीलामा हुने भएको छ । रिसेप्शन पार्टीमा करिब ३ सय पाहुना हुने बताइएको छ ।

Comments