खेलयात्रा : एपिएफ महिला फुटवल टिमकी यी मिड फिल्डर !
screennepal
प्रकाशित: २०७५, २२ बैशाख शनिबार
no img

काठमाडौं, २२ बैशाख । फुटवल खेलमार्फत अनिता ‘अनु’ बस्नेतले आफूलाई छोटो समयमै चिनाउन सफल भएकी छन् ।
गाउँको धुले मैदानदेखि खेलयात्रा प्रारम्भ गरेकी उनले अन्तर्राष्ट्रिय मैदानसम्म पु¥याइसकेकी छन् । केही वर्षयता ‘एपिएफ महिला फुटवल टिम’मा मिड फिल्डरको भूमिका निर्वाह गर्दै आएकी अनुले दर्जन जति अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् ।


तेह्रथ्ुमको सम्दू (हाल फेदाप–४) की अनुले एपिएफमा आवद्ध हुनअघि विद्यालयस्तरीय खेल खेल्दै आएकी थिइन् । सानैबाट फुटवल भनेपछि हुरुक्कै हुने अनुले क्वलस्तरिय खेल भने पोक्लबाङमा पहिलोपटक खेलेकी थिइन् ।
२०६५ मा तेह्रथुमको पोक्लबाङको दीपावली मेलामा उनले ‘मायुहाङ क्लव’बाट खेलेकी थिइन् । जहाँ अनुको प्रदर्शन चर्चा योग्य थियो । अनुले भनिन्, ‘मैले पहिलोपटक क्लवस्तरिय खेल मायुहाङ क्लवबाटै खेलेकी हुँ । मेरो खेल जीवनको औपचारिक यात्रा त्यसैलाई भन्नुपर्छ ।’ मायुहाङ क्लवबाट उनले लगातार ती वर्ष खेलिन् । जसले उनलाई खेलयात्रा अगाडि बढाउन सहज बनाएको थियो ।


२०७० सालमा ‘एपिएफ’मा आवद्ध भएकी अनुले त्यसयता थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् ।
अनुले २०७० मै इलाममा सम्पन्न ‘प्रथम महिला फुटवल लिग’ खेलिन् भने २०७१ मा ‘दोस्रो महिला फुटवल लिग’ खेलिन् । जुन चितवनमा भएको थियो । त्यस्तै, २०७१ मै हेटौडामा आयोजित ‘दोस्रो एनसेल कप’मा एफिएफबाटै खेल्दा सेकेण्ड पोजिसन भएका थिए । उनले एन्फा वुमेन्स लिगमा पनि राम्रै प्रर्दशन गरेर चर्चामा कमाइन् ।
२०७४ मा बुटवलमा आयोजित एन्फा वुमेन्स लिगमा मिड फिल्डरको भूमिका निर्वाह गरेकी अनुले त्यसपछि थप चर्चा बटुलिन् । पाल्पामा सम्पन्न उक्त लिगमा एपिएफ प्रथम भएको थियो ।


खेलयात्रामा निरन्तर अगाडि बढाउँदै आएकी अनुले त्यसपछि अन्तर्राष्ट्रिय मैदानमा खेल्ने अवसर पाइन् । उनले पहिलो अन्तर्राष्ट्रिय खेल पाकिस्तानमा खेलेकी थिइन् । सन् २०१४ मा पाकिस्तानमा आयोजित ‘साफ च्याम्पिय’ पाकिस्तानमा पहिलो अन्तर्राष्ट्रिय खेले खेलेकी अनुले भनिन्, ‘त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय खेलको अनुभुव हो ।’ त्यतिखेर नेपाल दोस्रो भएको थियो ।
गाउँ, क्लव हुँदै एपिएफमा आवद्ध भएपछि चम्किँदै गएकी अनुले त्यसपछि २०१६ मा भारतमा आयोजित साग च्याम्पियनमा खेल खेलिन् । त्यो खेलमा पनि नेपालले सेकेण्ड पोजिसनमै चित्त बुझाएको थियो ।
२०१६ मै नेपाल र मलेसियाबीच सम्पन्न मैत्रीपूर्ण खेल खेलिन् । उक्त खेलमा नेपालले जितेको थियो । २०१६ मै साफ च्याम्पियन खेल खेलेकी अनुले २०१७ मा मलेसियासँगको दोस्रो मैत्रीपूर्ण खेल खेलेकी थिइन् भने २०१७ मै माल्दिभ्सको क्लव एमएसिल क्लवबाट माल्दिभ्समा आयोजित ‘इन्टरनेशनल फुट्सल’ खेलिन् ।
यसरी निरन्तर खेल जीवनलाई अगाडि बढाइरहेकी अनुले भनिन्, ‘अहिलेसम्म खेल जीवनबाट सन्तुष्टि नै छु ।’ एपिएफमा आवद्ध भएर पटक–पटक महिला फुटवल राष्ट्रिय टिममा खेल्दै आएकी अनुले भनिन्, ‘खेलबाटै नेपाल र नेपालीलाई चिनाउने मेरो उद्देश्य छ ।’

 

 

Comments