यस कारण यो वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने !
screennepal
प्रकाशित: २०७५, २१ बैशाख शुक्रबार
no img

स्टकहोम, २१ वैशाख । यौनहिंसा विरोधी अभियानबाट सिर्जित संकट समाधान गर्न नसक्दा नोबेल साहित्य पुरस्कार वितरण सुरू भएको ७० वर्षको इतिहासमा यस वर्ष पहिलोपटक उक्त पुरस्कार स्थगित गरिएको छ ।
‘हामीले पुरस्कार छनौटमा जनमानसको आत्मविश्वास पुनः प्राप्त गर्न अर्को पुरस्कृत व्यक्तित्वको चयन गर्नुपूर्व हामीले थपसमय समर्पित भएर लाग्नुपर्ने देखिएकोले यस वर्षको नोबेल साहित्य पुरस्कारलाई स्थगित गर्ने निर्णय गरेका छौं’, स्वीडिस एकेडेमीका अन्तरिम स्थायी सचिव एन्डर्स ओल्सनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् । उनले सन् २०१९ मा दुवै पुरस्कार एकैसाथ घोषणा गरिने बताए ।
यौनहिंसा विरूद्ध विश्वव्यापी रूपमा चलाइएको ‘मि टु क्याम्पियन’अन्तर्गत विभिन्न १८ महिलाले आफूहरू स्वीडेनी सांस्कृतिक क्षेत्रमा काम गर्ने प्रभावशाली व्यक्तित्व जाँ–क्लाउड अरनोल्टबाट बलात्कृत वा यौन आक्रमणमा परेको भन्ने बिषयमा स्वीडेनी पत्रिका डगेन्स निहेटरले बाहिर ल्याएपछि गत नोभेम्बरदेखि एकेडमी विवादमा तानिएको थियो ।
एकेडेमीका सदस्य तथा कवयित्री कटरिना फ्रोस्टेनसनका फ्रान्सेली पति अर्नोल्टले आरोपको नियमित रूपमा खण्डन गर्दै आएकी छन् । (Agency)

Comments