अनामिकाको डिजाइन लेहेँगा लगाएर बेहुली बन्दैछिन् सोनम
screennepal
प्रकाशित: २०७५, २० बैशाख बिहीबार
no img

काठमाडौं, २० बैशाख । बलिउड अभिनेत्री सोनम कपूर यही ८ मेमा विवाह गर्दैछिन् । कपुर परिवारलाई अहिले विवाहको चटारो छ । सोनमले ब्वायफ्रेण्ड आनन्द आहुजासँग विवाह गर्न लागेकी हुन् ।
अनिल कपूर परिवारको यो दोस्रो पीढीको पहिलो विवाह हो । यो विवाह यसअघि उदयपुरमा हुने भनिएको थियो । तर पछि विवाह समारोह मुम्बईमै गर्ने तय भएको छ । कपूर परिवारका अनुसार अहिले विवाहको तयारी जोडले चलिरहेको छ ।
त्यस्तै, एक समाचारअनुसार डिजाइनर अनामिका खन्नाले सोनमका लागि लेहेँगा डिजाइन गर्दैछिन् । अनामिका केही दिनयता लेहेँगा डिजाइन गर्नमै व्यस्त छिन् ।

अनामिका

साता दिनअघि एक म्यागजिनको कभर फोटोमा सोनम ‘बेहुली अवतार’मा देखिएकी थिइन् । उक्त फोटोमा सोनमले लगाएको लेहेँगा उनै अनामिकाले डिजाइन गरेकी थिइन् । सोनम प्रायः आफ्ना लागि सबै कपडा अनामिकालाई नै डिजाइन गराउँछिन् ।
सोनम र आनन्द परिवारले विवाह घोषणा गर्दै खुसी व्यक्त गरेका छन् । उनीहरुले भनेका छन्, ‘यो खुसी र गर्वको विषय हो । विवाह ८ मेमा मुम्बईमा हुनेछ । हामी त्योे खुसीको दिनको पर्खाइमा छौ ।’
सोनम–आनन्दको विवाह कविता सिंहको बान्द्रास्थित हेरिटेज बिल्डिङमा हुँदैछ । सोनमको मेहेन्दी कार्यक्रममा आजै हुँदैछ ।

Comments