गुराँस ३१ किसिमका | फूल फुल्ने ३१२ वनस्पति नेपालमा मात्रै
screennepal
प्रकाशित: २०७५, १६ बैशाख आईतवार
no img

काठमाडौं,  १६ वैशाख । फूल फुल्ने विभिन्न प्रजातिका वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्रै पाइने गरेको वनस्पति विभागले जनाएको छ । विभागका अनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् ।


यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४६७, लाइकेन्स ७९२, झ्याउ एक हजार २१३, उनीउ ५८०, फूल नफुल्ने छ हजार ५३ र सल्लो ३३ रहेका छन् ।


विभागका सूचना अधिकारी शिशिर पन्थीले नेपालमा पाइने वनस्पतिमध्ये ८१९ वनस्पतिलाई औषधिका रुपमा प्रयोग गर्न सकिने बताए । पन्थीले औषधि तथा तेल उत्पादन गर्न सकिने वनस्पतिलाई विभागले विशेष प्राथमिकता दिएको बताए ।


नेपालमा रहेका वनस्पतिमध्ये ६० वनस्पति संकटापन्न अवस्थामा रहेको र १६ प्रजातिका वनस्पतिको संरक्षण र संवद्र्धनमा विभाग लागेको उनको भनाइ छ ।

Comments