दुर्गा, केशु, टिका र तेजेन्द्रको ‘झिल्के भेना’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १५ बैशाख शनिबार
no img

काठमाडौं, १४ बैशाख । गुरुङ संस्कृति एवं पहिचान बोकेको ‘झिल्के भेना’ बोलको कौरा गीत तथा भिडियो सार्वजनिक भएको छ ।
भेनालाई सालीहरुले झिस्काउने संस्कृति एवं संस्कारलाई समेट्दै ‘झिल्के भेना’ बोलको यो मिठो कौरा गीत तयार गरिएको छ ।
रेवत रानामगर र रेशम गुरूङद्धारा निर्मित यस कौरामा दुर्गा गुरूङ, टिका पुन, केशु गुरुङ ‘केशमाया’ र तेजेन्द्र दुराको मिठो स्वर सुन्न सकिन्छ ।
रेशम गुरूङको शब्दरचना र रेवतको लय रहेको यस कौरा भिडियोलाई राजु गुरूङ ‘डिडी’ले निर्देशन गरेका हुन् । यस भिडियोेका लागि कोरियोग्राफी पर्सन गुरुङले गरेका छन् । यो भिडियो हेरिरहँदा कुनै गुरुङ गाउँमा पुगेको आभाष हुन्छ ।
‘झिल्के भेना’मा दुर्गा गुरुङ, केशु गुरुङ, टिका पुनलगायतको अभिनय छ ।

गायक/गायिकाहरुकै सुन्दर अभिनय रहेको यस भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने सम्पादन विष्णुहरी तिमिल्सिनाले गरेका हुन् । यस कौराले झिल्के भेनाको मात्र नभएर आमदर्शक तथा श्रोताको मन जित्ने अपेक्षा निर्माण टिमले गरेका छन् ।

https://www.youtube.com/watch?v=g6hIcKoaeCI&feature=share

Comments