दुई लाख जित्ने अवसर | हाम्लाई के बाल भो… !
screennepal
प्रकाशित: २०७५, १३ बैशाख बिहीबार
no img

काठमाडौं, १३ बैशाख । म्युजिक भिडियो निर्देशन तथा निर्माणमा प्रतिभा र कला भएकाहरुका लागि खुसीको खबर छ ।
म्युजिक भिडियो निर्माणमा कला र प्रतिभा देखाउन सके म्युजिक दुई लाख रुपैयाँ जित्ने अवसर एमएमएस इन्टरटेनमेन्टले प्रदान गर्दैछ ।
हो, मोडल तथा गायिका सम्झना राईले गाएको ‘मायामा जाल भो, हाम्लाई के बाल भो’ गीतलाई ‘कभर म्युजिक भिडियो कम्पिटिशन’मा राखिएको छ । एमएमएस इन्टरटेनमेन्टले बजारमा ल्याएको यस गीतलाई खुला भिडियो कम्पिटिशनमा राखेको हो ।

Samjhana Rai

कम्पिटिशन १५ बैशाखबाट सुरु हुने एमएमएसले जनाएको छ । एमएमएसका निर्देशक तथा गीतकार एवं मोडल दर्पण राईका अनुसार यो कम्पिटिशनको अवधि दुई महिनाको हुनेछ ।
म्युजिक भिडियो कम्पिटिशनमा सहभागी हुन चाहने प्रतिभाले बैशाख १५ देखि असार १४ सम्ममा उल्लेखित गीतको भिडियो निर्माण गरेर सम्बन्धितलाई उपलब्ध गराइसक्नु पर्नेछ । असार १५ मा सहभागीमध्येबाट ‘उत्कृष्ट भिडियो’को नतिजा सार्वजनिक हुनेछ ।
यस कम्पिटिशनका लागि आयोजकले केही प्रावधान अर्थात सर्तहरु राखेको छ, जसमा निर्देशक, निर्माण कम्पनी त नयाँ हुनुपर्ने छ नै, त्यसका अलावा कलाकार पनि नयाँ अनुहारको हुनुपर्नेछ ।

उत्कृष्ट भिडियोका लागि निर्देशन कला, निर्माणस्तर, भिडियो कन्सेप्ट र कलाकारको अभिनयलाई आधार मानिने जनाइएको छ । कम्पिटिशन संसारभरका प्रतिभाका लागि खुला छ ।
साथै, यसरी कम्पिटिशनका लागि निर्माण गरिएको भिडियोलाई एमएमएसको यु–ट्युब च्यानलमा अपलोड गरिएकालाई मात्र मान्यता दिइनेछ भने यु–ट्युबको भ्यूअर्सको २५ प्रतिशत अंक दिइने एमएमएसले जनाएको छ ।
प्रतिभा भएर पनि प्लेटफर्म नपाएकाहरुका लागि यो कम्पिटिशन गर्न लागिएको दर्पणले बताए ।
भिडियो उपलब्ध गराउनका लागि :
ईमेल : mms232323@gmail.com,  screennepal@gmail.com

फोन : ९८५१०४८३५२÷९८५११३४४४० र
९८०८५६८३४४

Comments