‘मेरो गीतले आत्महत्या गर्न प्रेरित गर्दैैन’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, १० बैशाख सोमबार
no img

काठमाडौं, १० बैशाख । गायक सुशील पंगेनीले आफ्नै शब्द र संगीतमा तिमी जाँदैछौ टाढा बोलको पपआधुनीक गीत सार्वजनिक गरेका छन् ।
भिडियोमा चर्चित मोडल रञ्जन रिजाल र अभिनेत्री उषा खनालले अभिनय गरेका छन् । भिडियो शिब बिकले निर्देशन गरेका हुन् ।
झण्डै एक दशकदेखि फिल्म लेखनमा सक्रिय रहेका पंगेनीको यस गीतमा प्रेमपीडा प्रस्तुत गरिएको छ । फिल्म लेखनका साथै गायन, शब्द रचना र संगीतमा समेत पारंगत पंगेनीले आफूसँग झण्डै दुई सय वटा गीत संगीतसहित ‘स्टक’ रहेको बताउँछन् ।
सानैदेखि गायन तथा लेखनमा दख्खल राख्ने गरेका पंगेनी तिमी जादैछौं टाढा बोलको गीत युवापीढीको सत्य प्रेमघटनामा आधारित रहेको बताउँछन् । झट्ट सुन्दा आफ्नो गीतले प्रेमपीडितलाई आत्महत्या गर्न प्रेरित गर्नेजस्तो देखिए पनि वास्तविकता त्यस्तो नभएको तर्क उनको छ ।

उनी भन्छन्, ‘गीतमार्फत प्रेममा धोका, घात, पीडा भयो भने कस्तोसम्म दुर्घटना निम्तिन सक्छ भन्दै कसैले कसैलाई धोका नदेओस भन्ने सन्देश प्रभाव गर्न खोजेको हुँ ।’
फिल्म लेखन र गायनसंगीतलाई सँगै अघि बढाउने जमर्के गरेका पंगेनीले जन्जिर, टिचर, एउटा साथी, लक्ष्यलगायत झण्डै एक दर्जन फिल्मको स्क्रिप्ट लेखेका छन् । उनले लेखेको लक्ष्य फिल्ममा समाबेश अन्जु पन्तको स्वरको टेकेर दिलको दैलो बोलको गीत निकै चर्चित भएको थियो ।

 

Comments