२४ उल्टो ४२ मा हिडिरहेकी शिल्पा सुन्दर हुनका यी कारण …!
screennepal
प्रकाशित: २०७५, ६ बैशाख बिहीबार
no img

काठमाडौं, ६ बैशाख । शिल्पा शेट्टी बलिउडकी सुन्दर अभिनेत्रीमध्येकी एक हुन् । उनको रुपको जादूमा लठ्ठ नहुने कमै होलान् । देख्दा लाग्छ, उनी भर्खरै २४ भइन् । तर, उनी २४ उल्टो ४२ हिडिरहेकी छन् ।


शिल्पाको सुन्दरता देखेर लोभिने जति छन्, त्यति नै इष्र्या गर्ने पनि । तर, आमदर्शक तथा उनका शुभचिन्तकहरु भने यो जान्न चाहन्छन् कि, ‘आखिर के खान्छिन् शिल्पा जबकि, आफूलाई सदावहार सुन्दर र हेल्दी राख्न सफल छिन् ?’
पहिलो जवाफ हो, ‘उनको फिटनेस अनि वर्कआउट । योगा र स्वास्थ्यकर खाना त शिल्पाको पहिलो सुचिमै छ । ४२ वर्ष लागेर पनि जवान र सेक्सी देखिनुको पहिलो रहस्य यही हो शिल्पाका लागि ।


शिल्पाले खाने खानाको मेनु हेर्दै ‘खाऊँ खाऊँ’ लाग्छ । दिल्लीका उद्योगपति राज कुन्द्रासँग विवाह गरेकी शिल्पा बेला–बेला पतिसँग ‘फुड तथा डिनर डेट’ जाने गर्छिन् । शिल्पाको खुवाइलाई उनका पति राजलाई पनि मनपर्छ ।
हालैको एक साँझ शिल्पा र राज ‘नाईट डिनर डेट’मा निस्किएका थिए । जहाँ शिल्पाले सोचेजस्तो हेल्दी खानाको सुचि त पाइनन् । तैपनि, रेष्टुरेण्टको मेनुमा भएका हेल्दी फूडहरु अर्डर गरिन् ।
शिल्पाले र राजसँगको ‘डिनर डेट’को मेनुका केही तस्बिरहरु आफ्नो इन्स्टा एकाउन्टमा शेयर गरेकी छन् । त्यो मेनु र खानाको तस्बिर हेर्दा जो–कोहीको मुखमा पानी रसाउछ । खाना एकदमै हेल्दी र टेस्टी देखिन्छ ।


शिल्पाले स्वस्थ्यकर पिज्जाको तस्बिरदेखि लिएर चिजको टपिंग्स, ताजा हरियो सलादको पत्ता, बदाम, चिकेन पिस, चेरी टमाटरलगायत परिकार शेयर गरेकी छन् । शिल्पाको दोस्रो मेनुको आइटम एकदमै मजेदार थियो । जसमा राईस पुडिङ विथ मेङगो थियो ।
शिल्पा डाइटिङ र खानामा एकदमै ध्यान राख्छिन् । उनी खानाको पनि उत्तिकै सौखिन छिन् । ‘फूड लभर्स’ यी अभिनेत्री खानु मात्र नभएर पकाएर अरुलाई खुवाउन पनि सौख राख्छिन् । बलिउडमा शिल्पालाई ‘बेस्ट फूडी एक्ट्रेस’समेत भन्छन् । उनी काम जस्तै खानाको पनि रुटिङ राख्छिन् । (एजेन्सी)

Comments