बाबुको प्रोजेक्ट करणले गर्दै
screennepal
प्रकाशित: २०७५, ५ बैशाख बुधबार
no img

काठमाडौं, ५ बैशाख । बलिउड फिल्मकर्मी करण जौहरले आफ्नो महत्वकांक्षी प्रोजेक्टको पहिलो झलक सार्वजनिक गरेका छन् ।
मल्टिस्टार फिल्म बनाउन माहिर करण एकपटक फेरि त्यही कन्सेप्टमा ‘कलंक’ लिएर आउने भएका छन् । करणको यस फिल्ममा माधुरी दीक्षित, सञ्जय दत्त, आलिया भट्ट, वरुण धवन र सोनाक्षी सिन्हाका अलवा बलिउडका अन्य स्टारहरु पनि देखिँदैछन् ।
मल्टिस्टारर फिल्मको पहिलो पोस्टरलाई सस्पेन्स बनाइएको छ जबकि दर्शकमा कौतुहलता होस् । भारतीय मिडियाले जनाएअनुसार करणले उक्त फिल्म बनाउन १५ वर्षअघि नै सोच बनाएका थिए । यसका लागि करण र उनका बाबु यश जौहरले १५ वर्षअघि योजना बनाएका थिए । यो फिल्म एपिक ड्रामामा आधारित हुने बताइएको छ ।
भनिन्छ, ‘कलंक’लाई बलिउडका तीन ठूला ब्यानर मिलेर बनाइरहेका छन् । जसमा धर्मा प्रोडक्शन, फक्स स्टार स्टुडियो र नाडियाडवाला ग्रान्डन्स इन्टरटेनमेन्ट छन् । ‘कलंक’ को निर्देशनका लागि फिल्म ‘द स्टेट्स’ फेम निर्देशक अभिषेक वरमनलाई चुनिएको छ । करणले फिल्मको पोस्टर शेयर गर्दै लेखेका छन्, ‘एपिक ड्रामा फिल्म कलंकको घोषणा गर्न पाउँदा म एकदमै उत्साहित छु ।’ यो फिल्म १९ अप्रिल २०२० मा रिलिज हुने बताइएको छ ।

 

Comments