कास्टिङ काउचविरुद्ध सडकमा अर्धनग्न अभिनेत्री !
screennepal
प्रकाशित: २०७४, २५ चैत्र आईतवार
no img

काठमाडौं, २५ चैत (एजेन्सी) । मुम्बईमा कास्टिङ काउचको विषयलाई लिएर अभिनेत्रीहरुले बेला–बेला आवाज उठाउँदै आएका छन् । अब त्यसैलाई निरन्तरता दिन तेलुगू फिल्म इन्डस्ट्रीमा करिअर बनाइरहेकी अभिनेत्री श्रीरेड्डी अर्धनग्न प्रदर्शन भएर प्रदर्शनमा उत्रिएकी छन् ।
उनले साउथ फिल्म इन्डस्ट्रीमा कास्टिंग काउचको मुद्दा उठाउँदै त्यसको विरोधमा टपलेस भएर प्रदर्शन गरेकी हुन् । उनको उक्त हरकतलाई धेरैले क्यामेराका कैद गर्न भ्याए ।


भनिन्छ, उनी सुरुबाटै ‘स्ट्रिप प्रोटेस्ट’ तेलुगू फिल्म इन्डस्ट्रीमा बढ्दो कास्टिङग काउचको विरोधमा थिइन् । श्रीरड्डीका अनुसार उनको शारीरिक शोषण केही फिल्मका निर्माता र निर्देशकले गरेका छन् । उनलाई त्यहाँको मभी आर्टिस्ट एसोसिएशनले समेत सदस्यता दिएको छैन बजकि उनले तीन भन्दा बढी फिल्ममा ं अभिनय गरिसकेकी छन् ।
उनले भनेकी छन्, ‘निर्माताले फिल्ममा रोल दिन अगाडि न्यूड फोटो र भिडियोको डिमाण्ड गर्छन्, जो त्यो पनि मैले पूरा गरेकी छु ।’

Comments