सलमान जमानतमा रिहा | जेलमै लिन पुगे सयौं फ्यान…
screennepal
प्रकाशित: २०७४, २४ चैत्र शनिबार
no img

जोधपुर, २४ चैत एजेन्सी । बलिउड अभिनेता सलमान खान ५० हजार जमानतमा जेल मुक्त भएका छन् । शनिबार (आज) जोधपुरस्थित अदालतमा उनका वकिलले धरौटीमा सलमानलाई रिहा गर्न निवेदन दिए । निवेदनप्रति सुनुवाई गर्दै सलमान दिउँसो ३ बजे रिहा भएका हुन् ।
सलमानको पक्षमा शुक्रबार न्यायधिश रविन्द्रकुमार जोशीलगायत ८७ जना कानुन व्यवसायिकले निवेदन दिएका थिए ।
करिब २० वर्षअघि एक फिल्मको सुटिङका क्रममा कालो हरिण मारेको अभियोगमा बिहीबार जोधपुर अदालतले सलमानलाई दोषी ठहराई ५ वर्ष जेल र १० हजार जरिवाना तोकेको थियो । अदालतको सुनुवाई लगत्तै जोधपुर जेल चलान गरिएका सलमानले करिब ४८ घन्टा जेलमा बिताएका छन् ।
बलिउडमा ‘पैसाको बोट’का रुपमा चिनिएका सलमान खान जमानतमा रिहा भएसँगै उनका प्रशंसकहरुमा खुसीयाली छाएका छ । उनका एक प्रशंसकले भने, ‘सलमान जस्ता सुपरस्टारलाई जमानतमा रिहा गरेर सरकारले राम्रो काम गरेको छ ।’ कानुन सबैका लागि बराबरी भए पनि सलमान जेलमा कोचिए भारत सरकालाई आर्थिक रुपमा नोक्सानी पग्ने थियो । सलमानको पक्षमा बोल्दै आएका एक वकिलले भनेका छन् कि ‘आर्थिक र सामाजिक रुपमा देशलाई सेवा दिने अपराधी नै भएपनि उनको पहिलो गल्तीमा माफी दिनुपर्छ ।’ त्यो समयमा अभिनेता सलमानसँगै अभिनेता सैफ अलि खान, अभिनेत्री सोनाली बेन्द्रेलगायतलाई पनि दोषी बनाइएको थियो । तर, उनीहरुलाई सफाई दिएर सलमानलाई मात्र जेल पठाइएपछि उनका प्रशंसक दुखी भएका थिए ।
सलमान जमानतमा रिहा हुँदैछन् भन्ने खबर पाएपछि उनका हजारौ प्रशंसक जोधपुर जेल परिसर पुगेर सलमानको पक्षमा नाराबाजी गरेका छन् । सलमान जेलबाट रिहा भएपनि भारत सरकारको अनुमति विना देश बाहिर जान नपाउने बताइएको छ ।

Comments