सलमान खान जमानतमा जेल मुक्त हुँदै !
screennepal
प्रकाशित: २०७४, २४ चैत्र शनिबार
no img

जोधपुर, २४ चैत एजेन्सी । बलिउड अभिनेता सलमान खान जमानतमा छुट्ने सम्भवना बढ्दै गएको छ । शनिबार (आज) जोधपुरस्थित अदालतमा उनका वकिलले धरौटीमा सलमानलाई रिहा गर्न निवेदन दिए ।
यसअघि गएको शुक्रबार अबेर सुनुवाई गर्दै न्यायधिश रविन्द्रकुमार जोशीलगायत ८७ जना कानुन व्यवसायिकले निवेदन दिएका थिए ।
आज बिहानै न्यायधिश जोशी अदालत पुगेका थिए । तर, फेसलाको निर्णय भएको थिए । शुक्रबार सलमानका लागि जमानतको सुनवाइ पूरा भएको थिएन । डिस्ट्रिक्ट र सेशनका न्यायधिशले प्रयास भने जारी राखेका थिए । सलमानलाई ५ वर्षको जेल सजाय सुनाइएपछि उनी हाल जोधपुर जेलमा छन् ।
सलमानका वकिल महेश बोडा भन्छन्, ‘२० वर्षअघि जारी गरिएको यस केसमा सलमान सधै जमानतमा थिए । उनले अदालतको हरेक आदेश पालना गर्दै आएका छन् । जतिखेर बोलायो उनी उतिखेरै हाजिर हुन्थे । त्यस कारण पनि उनलाई जमानत दिएको हो ।’
यसमा सरकारी वकिल पोकरराम भन्छन्, ‘पोस्टमार्टम रिपोर्टमार्फत कुरा सकिएको छ । सलमानले गोली हानेर हरिणको शिकार गरेका थिए । यस आधारमा आधार उनलाई अदालतले दोषी ठहर गरेको थियो । यसमा उनलाई जमानत दिन सकिँदैनथ्यो ।’ तर, सलमानका वकिल सलमानविरुधको आरोप ठहर भएको छ । तर उनलाई जेलमै राख्ने कि जमानत दिने त्यो चाँडै निर्णय हुनुपर्छ । तर, जेलबाट छुटेपनि सलमानले पूरै सफाइ भने पाउने छैनन् ।

Comments