४ वर्ष प्रेमपछि मदनकृष्णले यशोदालाई भित्राएका थिए
screennepal
प्रकाशित: २०७४, २० चैत्र मंगलवार
no img

काठमाडौं, २० चैत । हास्य अभिनेता मदनकृष्ण श्रेष्ठकी पत्नीसोकमा परेका छन् । उनकी पत्नी यशोदा श्रेष्ठको सोमबार राति निधन भएको छ ।
लामो समयदेखि क्यान्सरपीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीमा रहेको अस्पतालमा अन्तिम स्वास फेरेकी थिइन् । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरपीडित थिइन् ।
यशोदाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा जन्मिएकी यशोदा कर्मचारी सञ्चय कोषकी पूर्व कर्मचारी थिइन् । जागिरकै क्रममा मदन र यशोदाको भेट भएको थियो । करिब ४ बर्षको प्रेमपछि उनीहरुले विवाह गरेका थिए ।

Comments