‘कृ’ निर्मात गिरी क्षतिपूर्ति दिन तयार !
screennepal
प्रकाशित: २०७४, १४ चैत्र बुधबार
no img

काठमाडौं, १४ चैत । गीत चोरीको आरोपमा मंगलबार पक्राउ परेका चलचित्र ‘कृ’ का निर्माता सुवास गिरीसँग निर्माता तथा निर्देशक शम्भु प्रधानले १५ लाख रुपैयाँ क्षतिपूर्ति मागेका छन् ।
निर्देशक प्रधानले आफ्नो पुरानो चलचित्र ‘सम्झना’को उकालीमा ‘अघिअघि’ गीत चोरिएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि चलचित्र ‘कृ’का निर्माता गिरीलाई मंगलबार नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका निर्माता गिरीलाई मिलापत्र गराएर छुटाउन निर्माता, निर्देशकलगायतको टोली प्रहरी कार्यालयमा पुगेका थिए ।
पहिले छलफल गर्दा निर्माता गिरीले क्षतिपूर्ति दिन अस्वीकार गरेपनि पक्राउ परेपछि भने क्षतिपूर्ति दिने बताएका छन् । सो क्रममा प्रधानले १५ लाख रुपैयाँ क्षतिपूर्ति मागेका हुन् । दुई पक्षबीच अन्य कलाकारको रोहवरमा छलफल भएको हो ।

Comments