‘देखेर तिमीलाई’ गीत र भिडियो यसरी बन्यो (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १२ चैत्र सोमबार
no img

काठमाडौं, ११ चैत ।  दुबईमा विगत पाँच वर्षदेखि बस्दै आएका डब्लुडिएनवाई सन्जिवकोे पहिलो गीत ‘देखेर तिमीलाई’मा सन्जिवकै स्वर तथा शब्द र कमल थापाको संगीत छ । सुन्दर युवतीलाई देखेपछि कल्पना गरेका पललाई गीतमा प्रस्तुत गरिएको छ ।
फोटोग्राफर कमल श्रेष्ठले छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ । हिप हप र्याप शैलीको गीतको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले फिचरिङ गरेका छन् । रेबिका पनि केहि वर्षदेखि युएईमा रहदै आएकी छिन् ।

यसरी बन्यो गीत र भिडियो
गायक सन्जिबका अनुसार उनी केहि समय पहिले फ्राईडे मनाउन संगीतकार कमल थापासँग दुबईकै एक क्लब गएका थिए । क्लबमा एक सुन्दरी युवतीलाई देखेर यो गीतको शब्दहरु कोरिएको थियो । उनले यो गीत नेपाल आउँदा रेकर्ड गराएका थिए । म्युजिक एरेन्जर रोनी दाहालको सहयोगमा गीत रेकर्ड गरेपछि उनलाई यो गीतको भिडियो बनाउन इच्छा जाग्यो । तर आफुले चाहेजस्तो भिडियो बनाउन सक्ने दुबईमा कोहि भेटेनन् । यसैक्रममा घुमघामको सिलसिलामा दुबई पुगेका ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठसँग उनको भेट भयो र अन्ततः उनले चाहे जस्तो म्युजिक भिडियो निर्माण भयो ।

कमल श्रेष्ठ, नेपालका चर्चित फोटोग्राफर हुन् । उनले दर्जनौ नेपाली तथा विदेशी मोडल तथा अभिनेत्रीहरुको फोटो सेसन गरिसकेका छन् । फोटोग्राफीसँग सँगै उनी ग्राफिक डिजाईन र भिडियो सम्पादनमा पनि उत्तिकै लगाब राख्छन् । उनले थुप्रै गायकगायिकाको एल्बम कभर डिजाईन तथा म्युजिक भिडियो छायांकन गरिसकेका छन् । एक दशक अगाडि नै उनले अड्रियन प्रधान, सबिन राई, बबिन प्रधान, सत्यकला राई, वृन्दा सिंह लगायतका गायक गायिकाको म्युजिक भिडियोसमेत छायांकन गरिसकेका छन् ।
भिडियो लिंक

Comments