‘नेप्टे’को पोस्टर रिलिज | रोहित–छुल्ठिमको प्रेममा दया भिलेन
screennepal
प्रकाशित: २०७४, ५ चैत्र सोमबार
no img

काठमाडौं, ५ चैत । प्रतिक्षित चलचित्र ‘नेप्टे’को पोस्टर ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र ३० चैतमा प्रदर्शन आउँदैछ ।
चलचित्रको ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ चर्चामा छ । सार्वजनिक पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ, दयाहाङ राई, ए गुरुङ, वुद्धि तामाङलगायतका कलाकारलाई ‘फिचर’ गरिएको छ ।
यस चलचित्रका निर्देशक देवकुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको ‘नेप्टे’मा रोहितले नैै कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’लाई हरी घले लामाले खिचेका हुन् भने चलचित्रमा सन्तोष राज, बाबु बोगटी र ओम सुनारको संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ’किम्भे’को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको यस चलचित्रमा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारको पनि अभिनय छ ।
अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् ।

Comments