मृत्युपछि इच्छा पूरा…!
screennepal
प्रकाशित: २०७४, ३० फाल्गुन बुधबार
no img

भक्तपुर, ३० फागुन । नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं नाट्यकर्मी स्व रामशेखर नकःमिको इच्छा मृत्युपछि पूरा भएको छ ।
नेपाल भाषाको साहित्य रचना, नाटक लेखन, निर्देशन तथा विभिन्न टेलिचलचित्रमा अभिनय गरेका नकःमिले नेपाल भाषामा लेखेका आफ्ना कृति नेपाली भाषामा अनुवाद गरेर धेरैले पढुन् भन्ने चाहना र इच्छा मृत्यु भएको वर्षदिनपछि मात्र पूरा भएको हो ।
साहित्यकार एवं कलाकार नकःमिको भक्तपुरस्थित घर भूकम्पले भत्किएपछि निकै समस्यामा पर्दै आएको बेला क्यान्सर रोगले समेत ग्रस्त बनाएपछि गत वर्ष फागुन १६ गते उनको निधन भएको थियो ।
आफू बाँचुञ्जेलसम्म आफूले लेखेको नेपाल भाषाको कृति अनुवाद गर्न नसके पनि अहिले भने उनको उपचारमा सहयोग जुटाउन गठन भएको रामशेखर ग्वाहालि पुचःले रामशेखरको चर्चित कथासंग्रह ‘सिमात फफ स्वः’ अर्थात ‘बिच्किएका रुखहरु’ नेपाल र नेपाली दुवै भाषामा संग्रहित गरी प्रकाशित गरेर बजारमा ल्याएको छ ।
कृतिमा ‘अगति’, ‘छगू देसय्….(एकादेशमा)’, ‘स्वर्ग व नरक (स्वर्ग र नरक)’, ‘बाखं (कथा)’, ‘न्हुछे अरा (न्हुछे दाजु)’, ‘पासापिं (साथीहरु)’, ‘भैलः खः (भैरव रथ)’, ‘सिमात फफ स्वः (विच्किएका रुखहरु)’ गरी आठवटा कथाहरु समावेश गरिएका छन्

Comments