मेरो मुटु : प्रकृतिको अन्तरप्रेमभाव निराजन–सोना (भिडियोसहितं)
screennepal
प्रकाशित: २०७४, २८ फाल्गुन सोमबार
no img

काठमाडौं, २८ फागुन । पछिल्लो समयका व्यस्त एवं चर्चित मोडल निराजन प्रधान र सोना पालुङुवा लिम्बूको प्रगाढ प्रेम एक भिडियोमा छचल्किएको छ । जुन भिडियो देखेर दर्शक तथा श्रोतालाई पनि ‘रियालिटी लभ’को महशुस पक्कै गर्नेछन् ।

गायिका प्रकृति थलङको ‘मेरो मुटु…’ बोलको गीत तथा भिडियो सार्वजिनक भएको छ, जसमा निराजन र सोनाबीचको प्रेमलाई चित्रण गरिएको छ । ‘लभ सेन्टिमेन्ट’ यस गीतको भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका हुन् । भिडियोमा निर्देशकले एक प्रेमिल जोडीको अन्तरप्रेमभावलाई ‘सेन्टिमेन्ट’ रुप दिएका छन् ।
भिडियोमा निराजन र सोनाको जोडी राम्रै जमेको छ । निराजन अहिलेका व्यस्त र चर्चित मोडल हुन् भने सोना मोडलिङ क्षेत्रमा केही गरौं भन्ने हेतुले संर्घषरत छिन् । निराजनसँग केमेष्ट्रि मिल्ने देखिएकाले नै ‘मेरो मुटु…’का लागि यी जोडीलाई लिएको निर्देशक एमपी सुब्बाले बताए । फेसन डिजाइनर कमल मानन्धरको क्रियटिभ पहिरनले पनि भिडियोमा यी जोडी सुन्दर दिएको छ ।
बुद्धराज राईको शब्दरचना र कमल रसाइँलीको संगीत रहेको यस गीतको भिडियोलाई निर्देशक समेत रहेका फोटो पत्रकार नबिनबाबु गुरुङले खिचेका हुन् । गोदाबारी भिजेल रिसोर्टमा छायांकन गरिएको यस भिडियोलाई टेकेन्द्र शाहले रंगरगुन तथा सम्पादन गरेका हुन् ।


‘मेरो मुट…’ बोलको यो गायिका प्रकृतिको पछिल्लो गीत हो । ‘पुर्वाञ्चल सिंगिङ आइडल’समेत रहेकी प्रकृतिको यस गीतको भिडियोलाई जेटिए कम्पनी लिमिटेडको ब्यानरमा एसजे सुब्बाले निर्माण गरेका हुन् । गीत निकै मिठास लागेकाले म्युजिक भिडियोमा लगानी गरेको एसजे सुब्बाले बताए ।
जेटिए कम्पनीले अटो पार्टस्सम्बन्धी काम गर्दै आएपनि आगामी दिनमा फिल्म निर्माण गर्ने समेत लक्ष्य रहेको एसजेले सुनाए ।
‘केही म्युजिक भिडियो निर्माणपछि फिल्मतिर लाग्ने सोच छ’ एसजे भने, ‘अनुभवका लागि सुरुमा भिडियो निर्माण गरेको हुँ ।’ एसजेले हङकङ, चीन र थाइल्याण्डलाई व्यवसायिक आधार क्षेत्र बनाउँदै आएका छन् ।

 

Comments