मदनगोपाल ‘हेलिकोप्टर’ लिएर आए (भिडियो)
screennepal
प्रकाशित: २०७४, २३ फाल्गुन बुधबार
no img

काठमाडौं, २३ फागुन । गायक तथा संगीतकार मदन गोपाल पूर्वेली लोक भाका फ्लेबरको गीत ‘हेलिकप्टर’को भिडियो लिएर दर्शकमाझ आएका छन् । केशव अधिकारीको शब्द र संगीतमा बनेको यो डान्सिङ नम्बरको गीतमा पाकिस्तानी ईमाद रहमानले संगीत संयोजन तथा प्राविधिक काम गरेका छन् । गायक मदनका अनुसार उनले पाकिस्तानमा गरेका नै गीतको प्राविधिक काम गरेका हुन् ।

प्रशान्त तामाङले निर्देशन गरेको भिडियोमा गोपालले फिचरिङ गरेका छन् । भिडियोमा निरोज श्रेष्ठको छायांकन र राजेश शाहको सम्पादन छ । गायक मदनले इमादमार्फत नेपाल र पाकिस्तानसँगको सांस्कृतिक तथा सांगीतिक सम्बन्ध कायम गर्न पाउँदा आफू निकै हर्षित भएको बताए ।
मदनका अनुसार इमादकै संगीत तथा संगीत संयोजन रहने अर्को सोलो एल्बम ‘तिम्रो खबर’ नयाँ वर्षको अवसरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । यसअघि मदनले ‘माया लैलै’, ‘मुटु नै किन’, ‘आजको दिन’, ‘आउँदैछु कि जाँदैछु’, ‘तिम्रो खबर’, ‘यो मन’ जस्ता गीतहरू श्रोता र दर्शकमाझ ल्याइसकेका छन् ।

Comments