‘फेसन शो नेपाल–२’मा छायो ढाका पहिरन (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७४, २३ फाल्गुन बुधबार
no img

काठमाडौं, २३ फागुन । मोडलिङ क्षेत्रमा केही गरौं भन्ने अभिलाषासहित संघर्षरत करिब एक दर्जन मोडलहरु केही दिनअघि नेपाली ढाका र इभिनिङ गाउनमा राजधानीको जमलस्थित नाचघरको स्टेजमा प्रस्तुत भए ।

‘फेसन शो नेपाल–२०१८’को सिजन–२ भनिएको उक्त शोमा विभिन्न डिजाइनरले तयार पारेका नेपाली ढाका पहिरन, लेहेँगा र इभिनिङमा मोडलहरु ¥याम्पमा प्रस्तुत हुँदा दर्शकको वाहवाही पाएका थिए ।


एमाजोन इन्टरटेन्टमेन्टले आयोजना गरेको फेसन शोमा चर्चित सञ्चारकर्मी तथा कोरियोग्राफर कला सुब्बाको कोरियोग्राफीमा १० मोडलले ¥याम्प नापेका थिए ।


कार्यक्रममा मेरिना तुम्सा लिम्बू, ऐशा राई, सञ्जु सुब्बा, भावना, सोफिया लिम्बू, कृपा, नितिश, सुरेश, निश्चल र निरा फागोलगायतका मोडलहरु तेह्रथुमे ढाका बुटिककी डिजाइनर निरु आङबुङ, कल्पना लिम्बूलगायतको क्रियशनमा प्रस्तुत भएका थिए । शो–टपरका रुपमा कला सुब्बा र शिामानी सुब्बा कल्पना लिम्बूको तयार पारेको पहिरनमा स्टेमा प्रस्तुत भएका थिए ।

 

Comments