देशव्यापी दौडमा ‘गाँजा बाजा’
screennepal
प्रकाशित: २०७४, २१ फाल्गुन सोमबार
no img

काठमाडौं, २० फागुन । २५ फागुनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘गाँजा बाजा’को टिम यतीबेला मोफसल दौडमा छ । यो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा पोखराबाट यसको प्रचार प्रसार सुरु गरिएको हो ।
चलचित्रका निर्देशक गणेशदेव पाण्डे, अभिनेता अमर सुवेदी, रबिन थापा लगायत अहिले मोफसलमा छन् । शनिबार पोखरा र आईतबार बुटबल, नारायणघाट र हेटौंडामा यो चलचित्रको पत्रकार भेटघाट गरियो ।
भेटघाटका क्रममा निर्देशक गणेश देब पाण्डेले यो पारिवारिक र हास्य प्रधान चलचित्र भएको बताएका छन् । चलचित्रको ट्रेलरमा बिप गरिएको बारे पत्रकारले सोधेको प्रश्नमा निर्देशक पाण्डेले सिनेमामा त्यस्ता कुराहरु नरहेको बताएका छन् । गाँजा बाजाले दर्शकलाई हँसाउने र पूर्ण मनोरञ्जन दिने पनि निर्देशक पाण्डेले बताएका छन् ।
पोखराबाट सुरु भएको मोफसल यात्रा पूर्व दमकमा पुगेर सम्पन्न हुनेछ । निर्देशक पाण्डेका अनुसार गाँजा बाजाको सोमबार बिराटनगर र दमक, मँगलबार धरानमा पत्रकार भेटघाट राखिएको छ । एक वर्षसम्म अदालतमा मुद्वा लडेको चलचित्र ‘गाँजा बाजा’ अदालतबाट मुद्वा जितेर दर्शकमाझ आउँन लागेको हो ।
यसलाई दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । चलचित्र पारिवारिक भएकाले सबैले सँगै बसेर हेर्न मिल्ने निर्माता रेग्मीले बताए । गाँजा बाजालाई सँगै बसेर हेर्दा अभिभावक देखि सन्तानसम्मले सकरात्मक सन्देश पाउने पनि निर्माता रेग्मीले जानकारी गराए ।
निर्माता गोमाका अनुसार अहिले नेपालमा करिब १८ प्रतिशत युवाहरु विभिन्न लागू औषध तथा दूव्र्यसनीमा फसेकाले यो चलचित्रले अरुलाई त्यो मार्गमा लाग्नबाट जोगाउने र दूव्र्यसनीमा फसिसकेकालाई पुन यो नशा छाडेर पूर्व जीवनशैलीमा फर्कन समेत गाँजा बाजाले प्रेरित गर्नेछ ।
यो चलचित्रमा शुशिल सिटौला, वर्षा सिवाकोटी, अनुपम शर्मा, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको छायाँकन यकोपो रास्लिक (इटालिएन), संगीत निख एन्ड जटा, सम्पादन लोकश बज्राचार्य, ध्वनी अमित श्रेष्ठको रहेको छ । यो चलचित्र हास्य जनरामा तयार गरिएको पनि निर्माण पक्षले जनाएको छ ।

Comments