ओस्करको ९०औं संस्करणमा ‘द सेप अफ वाटर’ उत्कृष्ट फिल्म (अन्य सूचिसहित)
screennepal
प्रकाशित: २०७४, २१ फाल्गुन सोमबार
no img

लस एञ्जलस, २० फागुन (एजेन्सी) । फिल्मी दुनियाँको सबैभन्दा ठूलो मानिएको ओस्कर अवार्डको ९०औं संस्करणमा गुइलेर्मो डेल तोरो निर्देशित ‘द सेप अफ वाटर’ उत्कृष्ट फिल्म घोषित भएको छ ।

90th Academy Awards – Show

आइतबार राति लस एञ्जलसमा सम्पन्न अवार्डमा १३ विधामा मनोनित फिल्म चार विधामा आफूलाई उत्कृष्ट सावित गरेको छ । फिल्मले निर्देशन, प्रोडक्सन डिजाइन र पाश्र्ववनिमा ओस्कार जित्यो ।

US-OSCARS-AFTERPARTY

कार्यक्रममा ‘डार्केस्ट आवर’बाट ग्यारी ओल्डम्यान उत्कृष्ट अभिनेता भए भने ‘थ्री बिलबोर्दस आउटसाइड दि एबिङ, मिजौरी’बाट फ्रान्सेज म्याकदोर्मेडले उत्कृष्ट अभिनेत्रीको ओस्कार जितिन् ।

US-OSCARS-AFTERPARTY

यस्तै उत्कृष्ट विदेशी भाषा फिल्मको ओस्कार चिलीको ‘अ फ्यान्टास्टिक उमन’ले जित्यो । अन्य ओस्कार विजेताको सूचि यस्तो छ ।

US-90TH-ANNUAL-ACADEMY-AWARDS—GOVERNORS-BALL

उत्कृष्ट फिल्म : द सेप अफ वाटर

उत्कृष्ट निर्देशक : गुइलेर्मो डेल तोरो (द सेप अफ वाटर
उत्कृष्ट अभिनेता : ग्यारी ओल्डम्यान, ‘डार्केस्ट आवर
उत्कृष्ट अभिनेत्री : फ्रान्सेज म्याकदोर्मेड, थ्री बिलबोर्दस आउटसाइड दि एबिङ, मिजौरी
उत्कृष्ट सह–अभिनेता : साम रकवेल( थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिसौरी
उत्कृष्ट सह–अभिनेत्री : एलिसन जाने( आइ टोन्या’
उत्कृष्ट विदेशी भाषा फिल्म : अ फ्यान्टास्टिक उमन(चिली
उत्कृष्ट एनिमेसन फिचर : कोको
उत्कृष्ट भिज्वल इफेक्ट : ब्लेड रनर
उत्कृष्ट सम्पादन : डनक्रिक( लि स्मिथ
उत्कृष्ट एनिमेसन, सर्ट फिल्म : डियर बास्केट
उत्कृष्ट सर्ट फिल्म लाइभ एक्सन : द साइलेन्ट चाइल्ड
उत्कृष्ट सर्ट वृत्तचित्र ः ह्वेन इज अ ट्राफिक जाम अन द ४०५ (इडिथ एण्ड एडी)
उत्कृष्ट प्रोड्क्सन डिजाइन : द सेप अफ वाटर
उत्कृष्ट कस्टियूम डिजाइन : फ्यान्टम थ्रेड(मार्क बिर्जेस
उत्कृष्ट मेकअप तथा हेयर स्टाइलिङ : डार्केस्ट आवर(काजुहिरो सुजी, डेभिड मालिनोस्की तथा लुसी सिबिक
उत्कृष्ट वृत्तचित्र, फिचर : इकारस
उत्कृष्ट ध्वनी सम्पादनस् डनक्रिक : रिचर्ड किङ, एलेक्स गिब्सन
उत्कृष्ट ध्वनी मिश्रण : डनक्रिक
उत्कृष्ट पटकथा, एडेप्टेसन : जेम्स आइभोरी(कल मि बाइ योर नेम
उत्कृष्ट पटकथा, ओरजिनल : जोर्डन पिल, गेटआउट
उत्कृष्ट सिनेम्याटोग्राफी : रोजर ए डिकेन्स, द ब्लेड रनर २०४९
उत्कृष्ट पाश्र्वध्वनी : स्इलेक्जेन्द्रे डेसप्लाट (द सेप अफ वाटर
उत्कृष्ट फिल्म गीत : रिमेम्बर मी (कोको)

US-OSCARS-PRESSROOM

90th Academy Awards – Fan Bleacher Arrivals

US-2018-VANITY-FAIR-OSCAR-PARTY-HOSTED-BY-RADHIKA-JONES—ARRIVA

TOPSHOT-US-OSCARS-ARRIVALS

Comments