केकीलाई फकाउँदै नारायण ! (भिडियो)
screennepal
प्रकाशित: २०७४, २१ फाल्गुन सोमबार
no img

काठमाडौं, २० फागुन । टेलिभिजन प्रस्तोता नारायण कडरिया अभिनेत्री केकी अधिकारीसँग देखिएका छन् । प्रस्तोताबाट गायक बनेका ‘जाम पारी’ बोलको आफ्नो गीतको भिडियोमा केकीसँग देखिएका हुन् । जुन सोमबार सार्वजनिक भएको छ ।
कडरियाको आफ्नै शब्द–संगीत र स्वरमा रहेको ‘जाम पारी’ गीतको भिडियोलाई युट्युब र विभिन्न टेलिभिजनबाट एकसाथ सार्वजनिक गरिएको हो ।
यस म्युजिक भिडियोलाई फोटोपत्रकार नबिनबाबु गुरुङले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी एण्ड टीमले छायांकन गरेका हुन् । सम्पादन भने निशान घिमिरेले गरेका हुन् ।
भिडियोमा कारणवश दुखी बनेकी प्रेमिका केकीलाई फकाउने प्रेमीको भूमिकामा नारायण देखिएका छन् । केहि समयअघिसम्म उनी टेलिभिजनमा गीतसंगीतकै कार्यक्रम प्रस्तुत गर्दै आएका थिए । तर, अब उनी गायकका रुपमा समेत छाएका छन् ।

Comments