अन्ततः सलमान नेपाल आउँने नै भए !
screennepal
प्रकाशित: २०७४, १९ फाल्गुन शनिबार
no img

काठमाडौं, १९  फागुन । बलिउड अभिनेता सलमान खानसहितको टोली अब बैशाख पहिलो साता नेपाल आउँने भएका छन् । दबंग द  टुर लिएर अभिनेता खानको टोली यही २६ फागुन आउँने भनिएको थियो । तर, दबंग द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा सहभागी आउने भनिएपनि नेपाल कम्युनिष्ट पार्टी विप्लव सम्वद्ध अखिल नेपाल सांस्कृतिक महासंघले सांस्कृतिक अतिक्रमण भन्दै कार्यक्रम तत्काललाई स्थगन गरिएको जनाइएको छ ।
आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले खानको कार्यक्रमको नयाँ मिति घोषणा गरिने भन्दै उसले टिकट सुरक्षित राख्न आग्रह गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी खानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्सलगायत कलाकार आउने तय भएको थियो । सलमानको कार्यक्रम स्थगन भएसँगै सामाजिक सञ्जालमा विविधखाले प्रतिक्रिया आइरहेको छ । सलमानको कार्यक्रमले नेपाली कलाकारलाई समेत विभाजित गरेको छ ।

Comments