यस्तो देखियो होलीको हर्षोल्लास (दर्जन तस्बिरसहित)
screennepal
प्रकाशित: २०७४, १७ फाल्गुन बिहीबार
no img

काठमाडौं, १७ फागगुन । रंगहरुको पर्व अर्थात फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु ‘होली’ पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । धार्मिक तथा सांस्कृतिक आस्था बोकेको यो पर्व विगतका वर्षमा झैं यसपटक पनि नेपाली कलाकारहरुले आ–आफ्नो शैलीमा मनाए ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागुपर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहिआएको छ ।

तराई÷मधेश क्षेत्रमा भने यो पर्व पछिल्लो समय उपत्यकाको होली पर्व सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिड्नेलाई इच्छाविपरीत रङ र लोला हान्नेक्रम खासै देखिन छाडेको छ ।

बिहीबार काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी परम्पराअनुसार जलाए । बिहीकार राजधानीमा होलीमा जे देखियो, ती तस्बिरमा उतार्ने प्रयास गरिएको छ ।

Comments