छवि–शिल्पाको ‘मंगलम’ दौडाहा | पत्रकारलाई भने सम्बन्धको चासो | Screennepal

छवि–शिल्पाको ‘मंगलम’ दौडाहा | पत्रकारलाई भने सम्बन्धको चासो

काठमाडौं, १७ फागुन । यतिखेर निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल चलचित्र ‘मंगलम’को प्रचारमा छन् । उनीहरु विभिन्न स्थानमा पुगेर चलचित्रको प्रचार गरिरहेका छन् । तर, पत्रकारले भने चलचित्रको भन्दा छविराज र शिल्पाको सम्धन्धबारे बढी चासो दिँदै आएका छन् ।
पत्रकारहरुले छविराज र शिल्पाको सम्बन्ध वास्तवमा के हो भन्ने चासो दिँदै आएका छन् । तर, यसबारे न छविलाई चासो छ, न त शिल्पालाई । यदि चासो हुँदो हो त ‘मंगलम’लाई नै हो ।


छविराज ओझाले निर्माण गरेको चलचित्र ‘मंगलम’को टिम देशदौडाहामा छ । यसैक्रममा बुधबार पोखरामा पत्रकार सम्मेलन गरि चलचित्रबारे जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्कालगायतको उपस्थिति थियो ।
‘मंगलम’ आफ्नो २३औं फिल्म भएको बताउदै यस फिल्म निर्माणमा आफूलाई निकै चुनौती भएको निर्माता छवि ओझाले बताए । उनले भने, ‘मैले निर्माण गरेका धेरै फिल्म एक्सनप्रधान छन् तर यो फिल्म पारिवारिक भएकाले पनि सफलतामा मलाई चुनौती छ ।’
फिल्मले पारिवारिक प्रेम कथालाई बोलेको छ । निर्देशक नेपालले पनि फिल्म पूर्णमनोरन्जनात्मक बनेको र दर्शकको २ घण्टा समय रमाइलो गरी बित्ने बताए । नायिका तथा निर्मात्री शिल्पा पोख्रेलले फिल्मबाट निकै आशावादी रहेको बताइन् ।
नायक पुष्प खड्काले पनि फिल्ममा आफूहरूले खुबै मिहिनेत गरेको भन्दै फिल्म सफल हुनेमा विश्वस्त रहेको बताए । फागुन २५ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा शिल्पा, पुष्पसँगै नायक पृथ्वीराज प्रसाईं, नीर शाह, मिथिला शर्माको पनि मुख्य भूमिका रहेको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्ममा अतिथि पात्रको रूपमा रहेकी छन् ।
फिल्ममा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङको लगानी रहेको छ । ‘मंगलम’मा विष्णु घिमिरेको छायांकन, दीपक शर्माको संगीत, गोविन्द फुयाँलको कथा रहेको छ ।



Facebook Comment