गीतकार रामको ‘कान्छी…’मा यस्तो देखिइन् सोना (भिडियो)
screennepal
प्रकाशित: २०७४, १७ फाल्गुन बिहीबार
no img

काठमाडौं, १७ फागुन । गीतकार राम रेप्चुङ राईको अर्को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र गीतकार राईको ‘सोल्टिज्यू’ र ‘सिरीमा सिरी बतासै चल्यो’ जस्ता पूर्वेली लोकपप शैलीका गीतको भिडियो सार्वजनिक भएको थियो । अहिले पनि पूर्वेली लोकशैलीकै गीत तथा भिडियो ‘ए कान्छी…’ ल्याएका छन् ।
भिडियोमा सोना लिम्बू पालुङ्वा र उमेश राईलाई फिचरिङ गरिएको छ । देबेश राईको संगीत तथा एरेञ्ज रहेको यस गीतलाई श्री राईले गाएका हुन् । गीतमा भोजपुरतिर भाव उनिएको छ । यस भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । उत्सव दाहालले खिचेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

Comments