५४ बर्षको उमेरमा यसरी भयो श्रीदेवीको निधन
screennepal
प्रकाशित: २०७४, १३ फाल्गुन आईतवार
no img

स्क्रिननेपाल डटकम :
बलिउड दुनियाकी चर्चित नायिका श्रीदेवीको निधन भएको छ । दुबईमा एउटा वैवाहिक समारोहमा सहभागी भएका बखत उनलाई हृदयघात भएको जानकारीमा आएको छ । उनले ५४ बर्षको उमेरमा यो संसार छोडिन । उनको निधन प्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । श्रीदेवी सँग उनका पति बोनी कपूर र छोरी खुशी पनि दुबईमा सँगै थिए ।

उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल फिल्मबाट काम शुरू गरेकी थिइन् । दक्षिण भारतीय फिल्महरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिउड फिल्म “सोलहवा साल” बाट अभिनय शुरू गरिन् ।

सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिउडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो । उनले “मिस्टर इण्डिया”, “चाँदनी”, “चालबाज” र “सदमा”, “हिम्मतवाला”, “तोहफा”, “नगीना”, “औलाद”, “हीर रांझा”, “रूप की रानी चोरों का राजा”, “लाडला”, “जुदाई” जस्ता यादगार फिल्ममा अभिनय गरेकी छिन् । उनको यो निधन प्रति सिनेनगरी डटकम परिवार हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौ ।

Comments