“शत्रु गते” को पोस्टरमा विवाह बन्धनमा बाधिए पल र आँचल
screennepal
प्रकाशित: २०७४, ११ फाल्गुन शुक्रबार
no img

स्क्रिननेपाल डटकम :
चैत्र ९ गतेको लागि प्रदर्शन मिति तय गरेको चलचित्र “शत्रु गते” को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । रिलिजको लागि एक महिनाको समय बाँकी रहदा निर्माण युनिटले पोष्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरमा चलचित्रमा देखिने जोडीलाई नै समेटिएको छ । सार्वजनिक गीतमा देखिएको जोडीकै आधारमा पोष्टर तयार गरिएको छ ।

सार्वजनिक पोष्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला , दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी देखाइएको छ । सिनेनगरीमा तिन पुस्ताको रुपमा बुझिने यिनलाई नै समेटेर पोष्टर तयार गरिएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ , किरण केसी , शिवहरी पौडेल लगायतको पनि अभिनय रहेको छ । सिनेमा हलमा रिलिज गरिएको चलचित्रको ट्रेलरलाई दर्शकले रुचाई रहदा निर्माण टिमले पोष्टर सार्वजनिक गरेको हो ।

चलचित्रलाई मह संचारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक प्रदीप भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् ।

Comments